This page has not been proofread
स्त्रीको धर्म पतीमती पनि मन्र्या बखतको गति ।
बाचुञ्जेल सुख भोग पनि बुझि लिंदा को दिन्छ त्यसले जति ॥
स्त्रीको धर्म पति जती त अरुथोक देख्दैन मन्ले रति ।
यसलोकमा परलोकमा सुख दिन्या सो हेर जान्छ सती ॥३२॥
स्त्रीको धर्म पतिब्रता अति ठुलो जो गर्छ भक्तिले ।
आफ्ना कुल सब तारि पितृहरूको कुल तार्छन् शक्तिले ॥
स्त्रीको जन्म भयो भन्या त पतिको सेवा छ साह्रै ठुली ।
जो सेवा त गरी अनेक् अरु गरोस् साँचो कुरामा भूली ॥३३॥