Jump to content

Page:Bhanubhaktako ramayan.pdf/252

From Nepali Proofreaders
This page has not been proofread

भन्छन् शास्त्र पति र सासु ससुरा जेठाज्यु मान्नू भनी ।
भन्छन् ता पनि जो पति छ उसरी हूँदैन कोही पनी ॥
दृष्टान्तै पनि मिल्छ सासु ससुरा जेठाज्यु बित्ता सती ।
को् जान्छन् पति पो वित्या पनि भन्या जानू छ संगै सती ॥१८॥

हाँस्नू छैन कदापि नारिहरुले बेश्या हुने हाँस्तछन् ।
बेश्या लौ नहउन् तथापि घरको काम् ती सबै नास्तछन् ॥
एक्लै हाँस्न हूँदैन कोहि नभई अर्को सँगी भो जसै ।
हाँस्तैमा दिन जान्छ एहि रितले सब् काम बित्छन् तसै ॥१९॥

मानिस्को त बताउँ क्या अब विचार पक्षी पशूको पनी ।
पाल्याको छ भन्या तुरुन्त बुझ्नू क्या आज खायो भनी ॥
जस्सै भो कसिंगर् बढार्नु घर भर् काहीं नराखोस् रती ।
स्त्रीले जान्नु बिचार राखि मनमा एस्तो बताऊँ कती ॥२०॥

खान्या चीज् जति छन् सबै नजरले हेरेर ढाक्छोप् गरून् ।
जो चीज हुन्छ सुकाउन्या तिनकनै ल्याएर घाम्मा धरून् ॥
खान्या चीज कुहेर फाल्न नपरोस् दीनू कि खानू बरू ।
एती जान्नु अवश्य धेर् अब बखान् कुन् कुन् कुराको गरूँ ॥२१॥

खान्या चीज नहेरि केहि नकुहुन् सब् पैह्रन्या चीज पनी ।
सप्पै याद रहोस् सदा मन महाँ यो चीज् छ यहाँ भनी ॥
चीज् ता छन् घरमा तथापि मनमा छैनन् त भै क्या भयो ।
आखिर् चीज् घरमा भई बखतको काम सब् बिती गयो ॥२२॥

जो चीज् छन् घरमा हिरा तल पिह्रा सब् चीज् मनैमा रहुन् ।
जो खोज्छन् पतिले उ चीज् उहि बखत् ल्याएर चाँडो दिउन् ॥
खोज्दामा छन ता थियो तर कता राख्याँ हरायो भनी ।
भन्नू यो पति थ्यैं पर्‍यो पनि भन्या मानोस् मरे झै अनी ॥२३॥

पूजाको सरजाम जति जति थोक् चाहिन्छ सो सब् गरी ।
साँझमा बत्ति जलाउनू अति ठुला पानस् विषे तेल् धरी ॥
खान्या चीज बनाइ खान दिनु जो खान्छन् परीवारले ।
जुन् चीज् राख्नु भँडार पर्छ नभुली सब् राखनु संभारले ॥२४॥