पूजा ब्रतादिहरुका जति तीथि पर्दछन् ।
सम्झे्.र गर्नु नभुलीकन पाप हर्दछन् ॥
ठूलो ब्रतै त पनि सेवन गर्नलाई ।
क्यै छैन फेरि अरु निश्चय नारिलाई ॥११॥
रोगी बालक बृद्ध सासु ससुरा जेठाजु देवर् पनि ।
फूपू सासु अमाजु नन्द जति छन् खान्छन् इ खाजा जति ॥
सब्को हित् घत जानि नित्य दिनमा खाजा बनाई दिउन् ।
यस् रीत्ले अति खुश् बनाइ परिवार सब्लाई हात्मा लिउन् ॥१२॥
सौताको रिस गर्नु पाप छ बहुत् एकै दुबैका पति ।
मर्दामा पनि जानुपर्छ जसले मीलेर सङ्गै सती ॥
यस्तो जानि नमानि केहि मनमा मीलून् बहूतैै गरी ।
टाल्टुल गर्नु फुट्यो टुट्यो घर भन्या सिप्लाई जाहेर् गरी ॥१३॥
अर्काको घरमा नजानु कहिल्यै आफ्ना घरैमा बसी ।
जे हूनू सब चीज जती छ घरमा कूना र कानी पसी ॥
पर्छन् श्राद्ध दशै तिहार अरु चाड् चाहिन्छ तिन्मा जती ।
ती चिज् सम्झि अगाडी संग्रह गरोस् यस्मा नचूकोस् रती ॥१४॥
मान्या जन् कन मान्नु जान्नु घरको ठग्को ठगाञी पनी ।
सब् सासूसित भन्न जानु उ गरून् यस्को सजाञी भनी ॥
यस्ता रीत् सित् सब् गरेर बशमा राखोस् सबैमा दया ।
तिन्को याद तुरुन्त गर्नु जन जो भोका र नाङ्गा भया ॥१५॥
पहुना जति आउँछन् घरमहाँ दर्जा छ तिन्को जति ।
सो जानेर उसै बमोजिम गरोस् मज्र्याद् न चूकोस् रति ॥
पाउन् पापि कठोर चोरहरुले सोही बमोजिम् जवाफ् ।
राखोस् इष्ट कुटुम्ब मित्रहरुमा अमृत् सरीको रवाफ् ॥१६॥
साँचो बोल्नु नबोल्नु बात कहिल्यै झुटो भन्याको रति ।
आखिर मर्नु छ पाउनू छ उति फल् यहाँ गर्याको जति ॥
यस्तो ज्ञान् मनमा लिईकन रहुन्. सासू ससूरा पति ।
जे भन्छन् उहि गर्नु छैन अरु ता संसार तन्र्या गति ॥१७॥
Page:Bhanubhaktako ramayan.pdf/251
Appearance
This page has not been proofread
