बैह्रो कउन् हो ? हित बात् नसुन्या
कुन् हो अविद्या मित नारि मान्न्या ।
कुन् तत्त्व साँचो छ भनेर खोज्न ?
साँचा शिवै छन् शिवलाइ रोज्नू ॥२८॥
उत्तम् भन्याको भन आज कुन् हो ?
सज्जनहरूको सुचरित्र जुन् हो ।
कुन् कर्मले शोक्हरू दूर हुन्छन् ?
श्री विष्णुका पूजनले ति टर्छन् ॥२९॥
कुन् शत्रु हुन् खुब् वलवान् भयाका ?
कामादि हुन् सब् नरले कह्याका ।
कुन् हो कसै पूर्ण गरी नसक्नू ?
कामै छ त्यस्तो अरु कीन बक्नू ॥३०॥
कुन् दु:खको मूल भनेर जान्नू ?
मेरो म हुम् भन्नु छ तेहि मान्नू ।
कुन् हो जगत्को गहना बन्याको ?
विद्यै छ सब्को गहना बन्याको ॥३१॥
कुन् सत्य हो सत्य कसोरि जान्नू ?
जुन् प्राणिको हित् छ उ सत्य मान्नू ।
कुन् छाडिदीन्या सुखि हुन्छ भन्छन् ?
स्त्री छाड्न सक्न्या सुखिमा गनिन्छन् ॥३२॥
ठूलो छ दान् कुन् गरि ताप हर्न्या ?
सब् प्राणिको निर्भय जो त गर्न्या ।
कुन् हो बुझ्यओ निश्चय नाश हून्या ?
त्यो भक्तको मन् छ भनेर जान्न्या ॥३३॥
कस्तो भयामा भय छुट्टि हुन्छन् ?
मुक्तै भयामात्र ति पाप टर्छन् ।
वाण्तुल्य कुन् हो अति दु:ख दीन्या ?
जुन् मूर्खता हो उहि जानि लीन्या ॥३४॥
Page:Bhanubhaktako ramayan.pdf/246
Appearance
This page has not been proofread
