सुग्रिव्जी कन राख भाइ तिमिले पैल्हे म बस्थ्याँ जहाँ ।
सब्लाई तिमिले खटाउ बढिया घर् बस्नलाई यहाँ ॥
हूकुम् येति हुँदा तहाँ भरतले सोही बमोजिम् गर्या ।
सब्को वास खटन् भयो सब तहाँ आनन्दसागर् पर्या ॥३५४॥
आफैं श्रीरघुनाथ् हुकुम् अब गरुन् यो मन् भरत्ले गरी ।
सुग्रिव्लाइ अह्राउनु पनि भयो खुस् भै अगाडी सरी ॥
हे सुग्रीव खटाउनू अब पर्यो विर् विर् विचार् खुप् गरी ।
चारौं तर्फ गई समुद्र पुगि जल् ल्याउन् कलश्मा भरी ॥३५५॥
श्रीराम्चन्द्रजिलाइ राज्य अभिषेक् गन्र्या बखत् भो भनी ।
मर्जी भो र भरत्जिको उहि बखत् ल्याई दिया जल् पनी ॥
जल् लीना कन जाम्बवान् र हनुमान् अङ्गद् सुषेण् चार् गया ।
पौंच्या जल्दि समुद्रमा सहज जल् लीयेर दाखिल् भया ॥३५६॥
त्यो जल् साथ लिई वशिष्ठ गुरुका साम्ने भरत्जी गया ।
यो हो चार समुद्रको जल भनी यो बिन्ति गर्दा भया ॥
फेर् बिन्ती कर जोरि खुप् सित गर्या यै जल् हजुर्ले छरी ।
श्रीराम्चन्द्रजिलाइ राज्यअभिषेक् दीनू हवस् यस् घरी ॥३५७॥
यस्तो बिन्ति सुनी वशिष्ठ गुरुले बेस् बिन्ति गर्छौ भनी ।
श्रीराम्चन्द्रजिलाइ राखनु भयो सिंहासनैमा पनी ॥
गौतम् वाल्मिकि वामदेव इ समेत् जावालि ताहीं थिया ।
ती सब्ले सँग भै वशिष्ठ गुरुले जल्दी अभीषेक् दिया ॥३५८॥
कन्या ब्राह्मणले पनी तुलसिदल् हालेर कुश्ले असल् ।
मन्त्रैपूर्वक खूसि भै कन छर्या राम्का उपर् शुद्ध जल् ॥
सेतो छत्र लिया तहाँ प्रभुजिको शत्रुघ्नजीले गई ।
सुग्रिव्ले र तहाँ विभीषणजिले हाँक्या चमर् खुस् भई ॥३५९॥
Page:Bhanubhaktako ramayan.pdf/187
Appearance
This page has not been proofread
