राम्का सारथि ता भरत् हुन गया सेवा म गर्छू भनी ।
सेतो छत्र लिया बहुत् खुसि हुँदै शत्रुघ्नजीले पनी ॥
पङ्खा लक्ष्मणले लिया प्रभुजिको सुग्रीवले ता चवँर् ।
आर्को चामर एक् विभीषणजिले खूसी भया सब् अवर् ॥३४८॥
मानिस्ले त बखान् कहाँ तक गरौं सब् देवताले पनी ।
राम्को कीर्तन खुप् गर्या र सुनियो मीठो मधूरध्वनी ॥
भेरी शङ्ख मृदङ्ग आदि नगडा खुप् बज्न लाग्या पनी ।
श्रीराम्को पनि कुच् भयो रथ चढी जाऊँ अयोध्या भनी ॥३४९॥
श्रीराम्को पुरिमा प्रवेश् जब भयो सब् पौरवासी पनी ।
निस्क्या बालक वृद्ध दर्शन गरौं हेरौं तमासा भनी ॥
देख्या श्रीरघुनाथलाइ रथमा थीया पिताम्बर् धरी ।
श्याम्सुन्दर् छ शरिर् किरीट सिरमा भूषण् शरिर्मा धरी ॥३५०॥
लाल् छन् नेत्र विशाल खुप् हृदय बेस् बेस् मोतिका हार छन् ।
शोभा चन्दन पुष्पको छ पनि बेस् देख्तै भयो खूसि मन् ॥
सून्या स्त्रीहरुले पनी सहरमा आया सिताराम् भनी ।
सब्को चञ्चल चित्त भो र बहुतै हेरौं सिताराम् भनी ॥३५१॥
छोड्या काम् घरको चढ्या गृह उपर् सब् स्त्री अटाली गई ।
लावा पुष्प गिराउँदै प्रभुजिको दर्शन् गर्या खूसि भै ॥
राम्को मोहनमूर्तिमा जब नजर् सब् स्त्रीहरूका पर्या ।
खूसी भै कन अङ्कमाल मनले सब् स्त्रीहरूले गर्या ॥३५२॥
ईषत् हास्य गरी प्रजा कन नजर् दींदै रमानाथ् पनी ।
दर्बार् पौंचनु भो जहाँ त दशरथ् बस्थ्या उहीं जाँ भनी ॥
कौशल्याहरुलाइ योग्य रितले ताहाँ नमस्कार् गरी ।
सुग्रिव्को पनि वास् खटाउनु भयो साह्रै पियारो गरी ॥३५३॥
Page:Bhanubhaktako ramayan.pdf/186
Appearance
This page has not been proofread
