त्यो अम्रित् जब सोसि बक्सनु भयो यो दिन्छ अर्ती भनी ।
रिस्ले शक्ति लिई विभीषण उपर् ताकेर हान्यो पनी ॥
राम्ले शक्ति र सिर् दसै छिनि दिया फेर् एक सिर्को भई ।
नाना शस्त्र लियेर खुप् सित लड्यो राम्का अगाडी गई ॥२६४॥
तेस् बिच्मा पनि मातली अघि सरी हात् जोरि बिन्ती गर्या ।
हे नाथ् रावण लड्छ यो अझ भन्या फेर् शस्त्र हान्नै पर्या ॥
ब्रह्मास्त्रै अब छोडि बक्सनु हवस् खुप् मर्म तोड्न्या गरी ।
मान्र्या युक्ति त एक् यही छ नहिं ता मर्दैन काट्या पनी ॥२६५॥
बिन्ती मातलिको सुनी प्रभुजिले एक् बाण् तुरुन्तै लिया ।
जस्मा अग्नि र वायु सूर्य्य इ समेत् लोक्पाल् बस्याका थिया ॥
मन्त्री वेदविधानले र धनुमा त्यो बाण् लगाया जसै ।
प्राणीलाइ पनी बहुत् भय भयो खुप् भूमि कामिन् पनी ॥२६६॥
रावण्को तहिं छाति ताकि कन बाण् छोड्या मरोस् यो भनी ।
तेस् बाण्ले त जहाँ सहज् मरि गयो घूमेर लोट्यो पनी ॥
बाँकी राक्षस जो थिया ति पनि सब् दौडेर भागी गया ।
जित् भो श्री रघुनाथको भनि तहाँ सम्पूर्ण खूसी भया ॥२६७॥
तेस् बिच्मा नगरा बज्या प्रभु उपर् खुप् पुष्पवृष्टी भयो ।
नाच्या अप्सरगण् ऋषी खुसि भया सम्पूर्णको ताप् गयो ॥
रावण्को पनि देह देखि तहिं तेज् निस्क्यो र सूर्य्यै सरी ।
श्रीराम्चन्द्रजिमा मिली पनि गयो संसारसागर् तरी ॥२६८॥
विष्णूद्वेषि परस्त्रिमा रत हुन्या यो ब्रह्मघाती पनी ।
श्रीराम्चन्द्रजिमा मिल्यो कसरि यो आश्चर्य लाग्यो भनी ॥
गर्थ्या बात् सब देवतागणहरू नारद्जि ताहीं गया ।
जेले रावण राममा मिलि गयो त्यो ताँहि भन्दा भया ॥२६९॥
Page:Bhanubhaktako ramayan.pdf/172
Appearance
This page has not been proofread
