जित्न्या छौ सब वीरलाइ भनि यो आज्ञा गुरूको जसै ।
पायेथ्यो खुसि भै उठी घर गई होम् गर्न आँट्यो तसै ॥
पाताल् तुल्य गुफा खनी तहीं बस्यो होम् गर्नलाई पनी ।
ढोका बन्द गर्यो सबै सहरको कोही न आउन् भनी ॥२२२॥
लूक्यो रावण येहि रित् सित र खुप् होम् गर्न लाग्यो तहाँ ।
लूक्यो रावण ता पनी तर धुवाँ लूकी रहन्थ्यो कहाँ ॥
देख्या तेहि धुवाँ विभीषणजिले होम् गर्न लाग्यो भनी ।
पायाँ भेद् भनि रामका हजुरमा गै बिन्ति पार्या पनी ॥२२३॥
लाग्यो रावण होम गर्न महराज् होम् सिद्ध पार्यो भन्या ।
साँचो बिन्ति म गर्दछू हजुरमा ई सब् अजेयै बन्या ॥
हूकुम् वानरलाइ बक्सनु हवस् विर् विर् अगाडी सरी ।
जल्दी गै कन यज्ञ नाश् गरि दिउन् हूकुम् सिरोपर् धरी ॥२२४॥
बिन्ती येति गर्या विभीषणजिले हूकुम् प्रभूको भयो ।
अङ्गद् विर् हनुमान् दुवै इ खटिया दस् कोटिको फौज् गयो ॥
पर्खाल् नाघि गया र तेस् सहरमा दर्बार् पुग्याथ्या जसै ।
चौकी रावणका थिया जति तहाँ तिन्लाइ मार्या तसै ॥२२५॥
रानी हुन् सरमा विभीषणजिकी लङ्कै सहर्मा थिइन् ।
रावण् लूकि रहेछ ताहिं छ भनी तिन्ले इसारा दिइन् ॥
गूफाका मुखमा त पत्थर ठुलो लायेर पक्का गरी ।
होम् गर्थ्यो तहिं भित्र रावण उहीं पौंच्या ठुलो वेग् गरी ॥२२६॥
त्यो पत्थर् कन लात्ति अङ्गदजिले दीया धुलै भै खस्यो ।
होम्को विघ्न गराउना कन तहाँ क्यै फौज भीत्रै पस्यो ॥
रावण् येति हुँदा पनी दृढ भई ध्यान् गर्न लाग्यो जसै ।
विर् विर् वानरले अनेक् तरहले त्यो यज्ञ नास्या तसै ॥२२७॥
Page:Bhanubhaktako ramayan.pdf/165
Appearance
This page has not been proofread
