सूपाश्र्वको बिन्ति सुन्यो र ताहाँ ।
फर्क्यो फरक्कै दरबार माहाँ ॥
शोक्ले बहुत् मूर्ख समान भै गो ।
फेरी सभा गर्छु भनेर गै गो ॥२१६॥
सब् मन्त्रिले सँग बसेर विचार गर्दा ।
हीतै हुन्या ठहरियो र अगाडि सर्दा ।
जो बाँकि राक्षस थिया सब साथ लीयो ।
खुप् लड्नलाइ रघुनाथ् तिर चित्त दीयो ॥२१७॥
त्यो अग्निमा सहल झैं जब पर्न आयो ।
सक्थ्यो कहाँ अधिक ठक्कर फेरि पायो ॥
धेर् विर् मर्या हृदयमा पनि बाण लाग्यो ।
टिक्नै तहाँ न सकि जल्दि फिरेर भाग्यो ॥२१८॥
सम्झ्यो गुरू कन विपत्ति पर्यो र ताहाँ ।
चाँडै गुरू सित गई सिर पाउ माहाँ ॥
राखी गर्यो विनति दुःख बहूत पायाँ ।
यै दुःखको विनति गर्न त आज आयाँ ॥२१९॥
हे नाथ् हजुर् गुरु भई पनि दुःख पन्र्या ।
क्या भो मलाइ कसरी अब चित्त धन्र्या ॥
यस् रामले सकल बन्धु र पुत्र मार्यो ।
सूरा अनेक् विरहरू पनि छुट्टि पार्यो ॥२२०॥
रावण्को विनती सुन्या र गुरुले पायेछ आपत् भनी ।
गर्ना सम्म गरोस् भनेर उपदेश् दीया गुरूले पनी ॥
हे रावण् सुन मन्त्र दिन्छु अब गै होम् गर्नु खुप् ध्यान् धरी ।
होम् सम्पूर्ण गर्यौ भन्या त हतियार् मिल्नन् तिनैले गरी ॥२२१॥
Page:Bhanubhaktako ramayan.pdf/164
Appearance
This page has not been proofread
