आत्मा चिन्न अवश्य पर्च महराज् एकाग्र भै ध्यान् गरी ।
आत्मा चिन्न समर्थ होइ न सक्या राम् भज्नु एक् मन् गरी ॥
कौस्तुभ् हार किरीट केयुर अनेक् भूषण् शरिर्मा धरी ।
आफ्ना यै हृदयारविन्द बिचमा राखेर खुप् ध्यान् गरी ॥१३२॥
सीताराम् कन भज्नु पर्छ अधिराज् राम् हुन् जगत्का पती ।
ईश्वर् जानि अवश्य छोड तिमिले यस्तो विरोध्को मती ॥
येती बिन्ति गरेर चुप् भइ रह्यो त्यो कालनेमी तहाँ ।
अम्रित् तुल्य वचन् सुन्यो त पनी त्यो लिन्थ्यो अधम्ले कहाँ ॥१३३॥
रावण्ले त रिसाइ तेस् कन तहाँ झन् मार्न मन्सुब् धर्यो ।
मान्र्यै मन् बुझि कालनेमि विरले फेर् बिन्ति ताहाँ गर्यो ॥
यस्तो क्यान रिसानि हुन्छ अधिराज् ऐल्हे तहाँ मै गई ।
सर्कार्को सब काम बन्दछ भन्या जान्छू तयारी भई ॥१३४॥
येती बिन्ति गरेर तेहि बिचमा ऊठेर दौड्यो पनी ।
लाग्यो गर्न उपाय फेरि हनुमान् फिर्नै न पाउन् भनी ॥
रस्तामा गइ एक् तपोवन असल् तेस्ले तयारी गर्यो ।
मायाले फुलका र फल् सहितका वृक्षादिले वन् भर्यो ॥१३५॥
एक् आश्रम् पनि कल्पना तहिं गर्यो आफू मुनीश्वर् बनी ।
तेसै आश्रममा बस्यो म हनुमान्लाई छलूँला भनी ॥
तेस्का शिष्य अनेक् थिया वरिपरी ताहीं हनूमान् गया ।
क्या देख्याँ अघि आश्रमै पनि यहाँ थीयेन भन्दा भया ॥१३६॥
कस्को आश्रम हो बुझी जल पिई जाँला म जल्दी भनी ।
बुझ्नै खातिर तेहि आश्रम विषे पौंच्या हनूमान् पनी ॥
योगी झैं भइ कालनेमि शिवको पूजा विधान्ले गरी ।
कुन् रित्ले हनुमानलाइ ठगुँला भन्न्या इरादा धरी ॥१३७॥
Page:Bhanubhaktako ramayan.pdf/150
Appearance
This page has not been proofread
