Jump to content

Page:Bhanubhaktako ramayan.pdf/137

From Nepali Proofreaders
This page has not been proofread

श्रीराम्चन्द्रजिको हुकुम् यति हुँदा ल्याया विभीषण् पनी ।
पौंचाया रघुनाथका हजुरमा ल्याई इनै हुन् भनी ॥
श्रीराम्चन्द्रजिको विभीषणजिले पाया र दर्शन् तहाँ ।
खुप् साष्टाङ्ग गरी प्रणाम् पनि गर्या पस्रेर पृथ्वी महाँ ॥५४॥

दर्शन् श्रीरघुनाथको जब मिल्यो खूसी विभीषण् भया ।
जो ती दुःख थिये विभीषणजिका ताहीं तुरुन्तै गया ॥
सर्वात्मा रघुनाथको स्तुति गर्या ईश्वर् इनै हुन् भनी ।
सर्वात्मा रघुनाथ् स्तुती सुनि बहुत् खूसी हुनू भो पनी ॥५५॥

क्या माग्छौ वर माग दिन्छु म भनी हूकुम् भयेथ्यो जसै ।
भक्ती मात्र थियो वहाँ मन महाँ त्यो भक्ति माग्या तसै ॥
हे नाथ् भक्ति रहोस् सदा हजुरमा कैले न बिग्रोस् मती ।
छोटै मान्छु म भक्ति देखि अरु चिज् यस् सृष्टिमा छन् जती ॥५६॥

तस्मात् कर्मविनाश गर्न कन एक् ध्यान् मात्र तिम्रो हवस् ।
येतीले म कृतार्थ छू विषयसुख् सम्पूर्ण दूरै रहोस् ॥
केवल् भक्ति मिल्या प्रसन्न छु भनी बिन्ती गर्याथ्या जसै ।
होला लौ तिमिलाइ भक्ति भनि त्यो दीनू भयो वर् तसै ॥५७॥

जस्ले यो तिमिले गर्यौ स्तुति जती मेरो यती पाठ् गरोस् ।
तेस्लाई यति वर् म दिन्छु सहजै संसारसागर् तरोस् ॥
येती भक्त विभीषणै सित हुकुम् भो फेरि लङ्का महाँ ।
राज् दिन्छू अहिले भनी कन लहड् आयो र मन्मा तहाँ ॥५८॥

भाई लक्ष्मणलाइ मर्जि पनि भो हे भाइ लङ्का महाँ ।
राज् गर्नन् पछि ता पनी म अभिषेक् दिनू छ दिन्छू यहाँ ॥
ल्याऊ जल् तिमि जाउ सागर भनी हूकुम् भयेथ्यो जसै ।
दौडी सागरमा गई क्षण महाँ ल्याई दिया जल् तसै ॥५९॥