Jump to content

Page:Bhanubhaktako ramayan.pdf/133

From Nepali Proofreaders
This page has not been proofread

येती गर्व गरी सबै ति विरले बिन्ती गर्याको सुनी ।
मेरो मत् पनि बिन्ति गर्दछु भनी आफ्ना मनैले गुनी ॥
गर्छन् बिन्ति ति कुम्भकर्ण विरले हे नाथ् लियौ क्या मती ।
सीता क्यान् हर्यौ चुक्यौ तिमि यहाँ कुन् हुन्छ तिम्रो गती ॥३०॥

श्रीराम्चन्द्रजिले अवश्य अघि नै देख्थ्या त एक्वाण् धरी ।
तिम्रो प्राण लिन्या थिया तहिं कहाँ बाँच्थ्यौ तिमी एक् घरी ॥
सीता चोरि हर्यौ र पो तिमि बच्यौ को टिक्छ साम्ने परी ।
तेस्को फल् अब पाउँछौ अब भन्या मार्छन् कुलै साफ् गरी ॥३१॥

राम् जो हुन् प्रभु हुन् अनन्त अधिनाथ् चौधै भुवन्का धनी ।
लक्ष्मी हुन् जगदम्बिका इ इनकी पत्नी सिताजी पनी ॥
सब् राक्षस्हरु नाश् गराउन यहाँ सीता तिमीले हर्यौ ।
साँचा हुन् इ कुरा अवश्य तिमिले आफ्नै बहुत् नाश् गर्यौ ॥३२॥

जुन् काम् गर्नु उचित् थियेन उहि काम् ऐल्हे गर्यौ ता पनी ।
सब् हाम्रा भरले गर्यौ अधिक विर् छन् भाइ छोरा भनी ॥
लड्छौं निश्चय भाइवर्ग पनि सब् हामी जती छौं यहाँ ।
स्वस्थै भै रहनू हवस् हजुरले शोक् गर्नु पर्ला कहाँ ॥३३॥

तेस् कुम्भकर्ण विरले सब यो भन्याको ।
श्रीरामलाइ परमेश्वरमा गन्याको ॥
सून्यो र इन्द्रजित भन्छ हुकुम् म पाऊँ ।
सेना समेत् सहज राम् कन मारि आऊँ ॥३४॥

यस्तै तहाँ विरहरू सब बिन्ति पार्थ्या ।
केवल् गफै गरि मुखै तरवार मार्थ्या ॥
श्रीरामभक्त ति विभीषण ताहिं आई ।
बिन्ती गर्या बहुत हित् मनले चिताई ॥३५॥