बाज तिम्रो सामु आज, स्वर्गाधिष्ठाताको बागी,
बागी प्रमिथस, निर्भीक, स्वपक्षमा अब तिम्रो,
(६)
"प्रकाशस्वरूप पुथिवीको अगृ॒त छेकी,
जव लाग्दछ ग्रहण दिनकरमा मध्य-स्वर्ग,
दैत्यग्रस्त झैँ तिमीहरू, पाउँछौ आफूलाई
प्रलयका पख्ेटामनि, कालो बाजको पंख-
समान, तर तिमीहरू अरु पुज्न खोज्दछौ
त्यही मत्युस्वरूप दानब जो मानब-रिपु,
तानाशाही पुजारीहो, नचुँड सुन्दर प्रसून,
कोमलता च्याती चढाउन त्यस क्ररको
कठोर पाउमा जो कल्ची फाँड्न चाहन्छ
तिम्रो जाति स्वकीय । मानवहो, होशियार !
होशियार सुरप्रका दयाहीन देवदेखि
रहो, रहो, मानब ! नगर पूजा जिउसको ।
(७)
"अतिबलीको पुजा कायरता हो स्वभावको,
अतिनैतिकको अर्चन आत्मबल जगत्को ।
आत्मा छ तिम्रो मानवहो । पूजन गर अब
त्यस अक्षरलाई जो तिमीहरू हौ आफै ।
यो अमर चरो आउँछ, उड्दछ समय, समय,
विलीन हुन अन्तमा शून्याकाशमा अनन्त ।
यो अगिन-स्फलिंग जो निभेरैँ भाग्दछ दर,
बल्न अर्को घ्रुवमा, अर्का गगनमनि, यो
यस ठाउँको सीमित चेतको भ्रममा पर्दा
बिलाउँछ जस्तो लाग्दछ सबलाई । तरयो
वर धुवमा छ, मरेपछि पनि, फलफुल ।
मर्दैनौ हे अमर मानबहो ! मृत्यु हो छाया ।
भ्रम, केबल उपहास, केबल छायालिंगन !
(८)
"त्यो ज्वाला हो यस दाउरामा...ज्वालाभन्दा ज्वाला ।
समकालीन सब सुरको, सब नक्षत्रअघि
त्यसको अस्तित्व एकलो, उज्यालो, चमचम !
सृनसानमा, जो सब चीजको हो मृत्यु महान्
त्यो अमर, ढुक्कुर ढुकढुक गर्थ्यौ तेजोमय,
सुगन्ध झैं ज्योति निकाली, फिँजाई, अनन्तको
पुछारतक दुईतर्फ । त्यही किरणमा जन्मी
Page:Prometheus.pdf/55
Appearance
This page has not been proofread
