Jump to content

Page:Shakuntala.pdf/324

From Nepali Proofreaders
This page has not been proofread

यस्तै तर्कवितर्कसाथ नृपले सोच्दै थिए त्यो दिन ।
गड गड गड्‌ घनघोष भो गहिरियो छाया भयो वर्षण ॥
झिल्की झल्ल फ्रिलिल्ल शीघ बिजुली कम्ती उज्यालो हुँदा ।
दौता राक्षसका लडाइँसरि भो आकाशमा घन्कन ॥
(४७)

झिल्की झल्ल झिलिल्ल फेरि बिजुली, के देखियो त्यो तर ।
पूर्वी व्योम चिरेर झर्दछ छिटो क्यै रूप सानो पर !
मानो चीलसमान पड्ख दुइटा पार्दौ घुमी फर्फर ।
कालो छैन तथापि झल्ल झिलझिल्‌ चम्किन्छ ओर्लीकन ॥
(४८)

"आए इन्द्रकि आज ! ती युवति हुन्‌ के मेनकाकी सुता ।
गाली गर्न मलाइ दुष्टदिलको भन्दै नुहाईकन ?
झक्नैपर्दछ माथ पापहरुको, सन्देश केही तर ।
मिल्ला आज अवश्य ती युवतिको होलिन्‌ कतै ती पर !"
(४९)

भन्दै मातलि आउँछन्‌ अवनिमा छाया नझारीकन ।
छायाले पर्कैडिन्छ मर्त्य पृधिवीमा हुन्छ दौताकन ॥
अर्कै रूप प्रकाशाको, नखँदिलो खोक्रो नमीठो छवि ।
छप्के झै अनलाभ उज्ज्वल सदा माटोविनाको तनु ॥
(५०)

जोडी हात सुदीर्घ केश हँसिला ठाडा उज्याला शिर ।
बल्दो दिव्य ललाट, लोचन बडाराम्रा मिलेका तनु ॥
नोले झै मृदुतारले सुर मिली त्यो वीन शारीरिक ।
बोले, ध्यान खिचेर सुन्न रसिला शब्दादिमा वेधक ॥
(५१)

"राजा भूभार हर्ने अवनिपति प्रभौ ! इन्द्रका दिव्य स्वामी ।
आकारशीसम्म चढ्ने हुकम नजरको राज्यमा दुःख छैन ॥
जो ओर्ली सत्‌ असत्‌को विवरणसँगमा न्यायदाता बनेर ।
राखीनक्स्यो उचाली अवनि विनति यो नाथको पाउनेर ॥
(५२)