"हिंडूँ आमै !" भन्छन् द्विजवर नसुन्दा रिससित ।
"कसोरी छोडुँ नि ! स्वहृदय यहाँको जनसित :
ननी टुक्रा मेरी हृदय छ रुँदी हाय ! बिचरा !
अभागी हा नाबा ! निदुर विधिले छौ नि पथरा ॥"
(२१६)
"हिँडूँ आमै" भन्छन् रिससित अझै ती द्विजवर ।
"वहाँ बन्ने आमा शहर कदुनी के छ रहर ?
शिल्ला पग्लेला है तर हृदय जो दृष्ट छ तहौं ।
कहाँ पग्ली जाला जति गर कुरा व्यर्थ छ यहाँ ॥
(२१७)
न मानैको तिम्रो डर न भरपर्दा वचन छन् ।
यहाँ राजा छैनन् अब मरिसके दुर पर छन् ॥"
भनेको सुन्दी ती धवलमहिमा के गरँसरि ।
यसो हेर्थिन् आँखा भरिभरि बनाई वरिपरि ॥
(२१८)
हिंडिन् बृद्धा ढीली सजलनयनी त्यक्तदहिता ।
उचाली आँखाका जल नृपतिको आकूतितिर ॥
पुकारा गर्दी ती अझ अब निराशासरि ननिन् ।
"भलो होला राजा" यतिभित घुमी ती पनि हिँडिन् ॥
(२१९)
सबै ओर्ले राजा पनि अब चियोको भर गरी ।
बसे टोली केही चकित सपनाले सरि कुनै ॥
हिँडिन् फन्फन् क्रोधी युवति अब' ती अप्सर-सुता ।
पुगिन् ढौकासम्मन् मरुबिच रुझै झै अब यता ॥
(२२०)
कठै ! जस्तो सारा महल वनको राज रहने ।
हुनृपर्ध्यो जस्को हकम शिरमा गर्व नहुने ॥
लिई गही बस्नै जुन महलमा जून हंँसिली ।
उनैलाई यस्तो छ विकट दशा बज्रसरिको ॥
(२२१)
Page:Shakuntala.pdf/313
Appearance
This page has not been proofread
