This page has not been proofread
(३६)
खोच, घाँच, वा टार, कछाड,
थूम, तराई, लेक पहाड
सबतिर रहने भुजबल-शाली
वीर लडाकू सब नेपाली
(३७)
म छु मधेसे तिनि लेकाली
तिमि छौ जुम्ली, उनी पाल्पाली
प्रान्त-विनिर्मित भेद निकाली
हेर्दा हामी सब नेपाली
(३८)
एक बगैँचा, लाखन-भाँति
ढकमक फुलका भेद र जाति
तिनको रक्षक राजा माली
एक छ, हामी सब नेपाली
(३९)
मनमा सल्लो साल गुहेँली
थरिथरि रुखहरु छुनुमुनु खेली
साथ रहन्छन् जात नफाली
हामी करोडौँ सब नेपाली