Jump to content

Page:Laxmi nibandhasangraha.pdf/205

From Nepali Proofreaders
Revision as of 23:46, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "'पुतलीकट हुन्छन्‌; यिनीहरूलाई नाजिज्मभन्दा ठूलो सिद्धान्त दुनियाँमा हुँदैन र लडाइँ संकुचित राष्ट्रियतामा विश्वास ॥ एक-एक चरित्र बुझिहाल्दछु । तर असल-असल मगर र भोटेहरूले भने मेर...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

'पुतलीकट हुन्छन्‌; यिनीहरूलाई नाजिज्मभन्दा ठूलो सिद्धान्त दुनियाँमा हुँदैन र लडाइँ संकुचित राष्ट्रियतामा विश्वास

॥ एक-एक

चरित्र बुझिहाल्दछु । तर असल-असल मगर र

भोटेहरूले भने मेरो

जुँघामा एक-एक व्यक्तित्व छ र म ओठ नचले पनिजुँा देख्ने मानिसको

मनोबैज्ञानिक परीक्षालाई नस हालिदिन्छन्‌ । जुँघामा केही शासन गर्न सक्ने आदरोत्पादक गुणहरू अवश्य छन्‌ । म जब स्कूलमा थिएँ- तब मलाई अरूको उत्तिको डर लाग्दैनथ्यो जत्तिका जुँघे माष्टरजीको । बेतको छडीभन्दा उनका हुङ्टार डरलाग्दा थिए । जब उनी जुँघामा हात लगाएर कर्के आँखाले हेर्दथे, तब क्लासको

मुटु थर्कन्थ्यो, सबका आँखा कितापमा लाग्दथे । उनी अग्ला, काला, भयङ्घर थिए, त्यसउपर जुँघाको कालो मुस्लोले गर्दा त उनको चेहरा र

स्वरूपमा त्यो भयङ्गरता, त्यो अदब राख्न सब्ने त्रासोत्पादक तेज देखिन्थ्यो

जो लडकाको मनमा सहजसँग प्रभाव गर्दछ । लडकाहरू भन्दये- जब उनी दायाँ हातले जुँघा मुसार्थे तब केही डर थिएन, त्यस दिन दायाँ हातमा बेतको छडी हुँदैनथ्यो र उनी मजा-मजाका गफ र कहानीले क्लासै बहलाउँथे, तर जव उनी बायाँ हातले जुँघा मुसार्थे तब यात दायाँमा छडी हुन्थ्यो या त चडकनचिउरा । ती जुँघा मेरो मनमा यस्तो

प्रभावकारी भएर अङ्कित भए कि एक दिन पाठ घोक्तै-घोक्तै निदाएको

मैले सपना देखें- माष्टरजीको जुँघा ! मान्छे पनि थिएन, स्वरूप पनि

थिएन, तर साढे तीन अङ्गुलका दुई टुक्राबीचमा अलिकति फाटेर कसोकसो जोडिएका रहेछन्‌ । म तिनलाई आफ्ना ओठमा चढाउनको

प्रयत्न गर्दोरहेछु जस्तो कहिले मकैको जुँघा लाउन केटाकेटीको सोख हुन्छ । त्यो सपनाको मतलब त्यस बेला बुझें जब आफ्ना ओठले जुँघा हाले र म माष्टरको वृत्तिमा लागेँ ।

१९६/लक्ष्मी निबन्ध-संग्रह