तिमीहरू सोझो वन, अन्त:करणको आवाजपछि लाग । धर्म भनेको
स्वार्थी झगडा होइन । आत्मविरोधले आफैसँग लडाइँ गरेर पाताल पुग्याउँछ । डराक धर्मसँग, सत्यदेखि, ईश्वरसँग । तलबितलमा नाशहरूका
रेखा लेखिएका छन् । तिमीहरू असत्यको आडमा इज्जत राख्न सक्तैनौ, असत्यपछि लागेर स्वर्ग चढिन्न, क्षण-क्षणमा ईश्वरसँग सत्यको होश
माग ।
म असत्यको अडान लिने जातिलाई एउटा अनौठो मुर्दाको रूपमा चित्रण गर्दछु- जसका नसाहरू उल्टिएका छन्, हड्डीहरू बाङ्गिएका छन्, आँखा उल्टापट्टि लागेका छन्, दाँत किटिएका छन्, होश उडेका छन् ।
सत्य ओठमा सजिलोसँग आउँदछ, सजिलोसँग हृदयमा बस्तछ ।
हामीले होश पाउनुभन्दा अघि विश्वमा झल्किन सक्तछ । अरूलाई
असत्यद्वारा अहिले गर्छ भन्नेचाहिँ आफ्नो आत्मालाई गुम्स्याएर दुःख दिँदै नरकको बाटो चलिरहेछ । तिमीहरू अनन्तलाई के छकाऔला ?
आत्मालाई के मारौला ? के अँधेरोमा सधैँ राखौला ? ह्वैन, नहिंड असत्यको गाँजामा। चाँडै नै सत्यतिर फर्किहाल !
तिमीहरूलाई दुःखको विलास छ । ज्वलन चाहन्छौ । केका निमित्त
यति दुःख पाउनु मानिसले ? यदि सत्य जस्तो धन गुम्दछ भने ! तर तिमीहरू सत्य मार्न असत्यमा ढिपीदार बन्दछौ । हे आत्मा, नरिसाओ,
तिमीहरूलाई सत्यले यति दिनसम्म छोडिसकेको छ कि सत्यको आवाज
सुन्दैमा तिमीहरू च्याँड्ठिन्छौ र रिसाउँछौ । नरक मीठो छ, स्वर्ग तीतो छ, तर सत्यको जिभ्राले स्वाद लेक, मोल उल्टिन्छ ।
भित्र केही भावना नछिपाक जो तिमी छद्यवेशमा प्रहार गर्न चाहन्छौ; यसले मलाई होइन, तिमीलाई दुःख हुन्छ। तिमी नजल,
सत्यमा ठण्डा होक, दोमुखे जीवन आफै हार खाएर सेलाउँछ । उल्टी-
पुल्टीको बेताली यातना खानु मानवविवेक पनि होइन फेरि मानवात्माको आत्मसम्मान पनि होइन । सोझो बन । सत्य प्राकृतिक छ, शान्त, धीर छ । कता बढ्ने ?
अनन्त अँधैरीतिर कि अनन्त उज्यालोतिर ? असत्यमा आशा नराख ।
नदेखिने तरबारहरू हरहमेशा तिम्रा आशा काटिरहेछन् । धर्म नरोक, आत्माको सत्य नथिच, त्यो एक दिन उल्टेर तिमीलाई उल्टाउन आउनु
परमेश्वरको स्वाभाविकै नियम हो । सत्य थिचिँदैन, मर्दैन, नास्तिक २०४लक्ष्मी निबन्ध-संग्रह