This page has not been proofread
आशा काम लाग्दैनन् । यस नीतिको विश्वमा असत्यलाई अनन्त कालसम्म दण्ड छ र मृत्युको पार पनि ! त्यसकारण नबाङ्गिओ ।
धर्म केका निमित्त ? सत्यको स्थापनानिमित्त ? असत्यदोषीहरु धार्मिक हुन सक्तैनन् । असत्यमा नास्तिकता छ । परमेश्वर असत्यको मार्गलाई पूरा गर्दैनन् । असत्यद्वारा सुन्दैनन् ।
असत्यको अभिप्राय राख्नु स्वार्थको दोष हो । के तिमी ईश्वर चाहन्छौ ? के तिमीलाई स्वर्गको राज्य चाहिन्छ ? स्वार्थको लेश छाडेर मकहाँ आऊ र एक उपदेश सुन– 'सत्य सोझो छ ।'