This page has not been proofread
आएकी थिई, जो मेरो हृदयको हृदय थियो । त्यो उद्थी, गाउँथी जस्तो
म गर्न चाहन्थेँ । मेरो भाषा त्यहींबाट निक्लन्थ्यो, जहाँबाट यसले यो
मीठो शब्द टिपेकी थिई । तर मैले जति गाएँ, तिनीहरूमा त्यो माधुर्य
थिएन, न त त्यो मोहनी । मलाई विवेकले हरेक कदममा छकाइदिन्थ्यो,
अविश्वास र भ्रमले बराबर लरबराइदिन्थ्यो । यसमा त्यो स्पष्ट मोहनी
थियो, जो विश्वास जस्तो सुरिलो छ ।
एउटी चरीको चिरीबिरी/१९९