Jump to content

Page:Laxmi nibandhasangraha.pdf/203

From Nepali Proofreaders
Revision as of 23:45, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "'हाय ! ती दिनको सम्झनालाई आँसु छ, जब भारतका महावीरहरू शत्रुको हृदय थकोएर आफ्ना पराक्रम देखाउँथे' भन्ने किसिमको कविरोदन कुनै हिन्दी काव्यमा देखेजस्तो लाग्छ । तर जति प्राचीन भारतबीर...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

'हाय ! ती दिनको सम्झनालाई आँसु छ, जब भारतका महावीरहरू

शत्रुको हृदय थकोएर आफ्ना पराक्रम देखाउँथे' भन्ने किसिमको कविरोदन

कुनै हिन्दी काव्यमा देखेजस्तो लाग्छ । तर जति प्राचीन भारतबीरको

तसवीर म देख्तछु, ती सबमा म पाउँछु- जुँघाको भयइरता । शिवाजीको तसवीर हेर्नुहोस्‌- क्या काले, कराले, मूठे जुँघाको भयङ्डर प्राचुर्य र वीरतासंकेतक तालीम ! राजपूत महावीरहरूमा जुँघाको महान्‌ महत्त्व

देखिन्छ । तरवार र ढालभन्दा पनि तिनका जुँघा डरलारदा देखिन्छन्‌ । जुँघाहीन वीरता आइरसल्याण्डको साँपको उखान जस्तो जँच्तछ । प्राचीन पुरुषहरूमा गठिलो व्यक्तित्व थियो, देख्दै काला-काला डरलाग्दा जुँघे

वीर थिए । उनीहरूको व्यक्तित्वको स्पष्ट प्रकाशन ओठमाथिको जुँघामा देखिन्थ्यो । रौद्र, भयानक, भीम जुँघा खोज्नुपरे हामीले भारतको प्राचीन

इतिहासका चित्रदार पाना पल्टाउनु मात्र पर्दछ । तर हाय ! यो नामर्द युग ! यसमा पुरुषको ओठमाथिको रौंसम्मको संकेत पाइन्न ! आत्मनिन्दाको कर छुरा घार लगाएर, प्रकृतिको यस्ता कृ्‌ष्ण-सुन्दर गहकिलो वरदानलाई सफाचट गरेर वेश्याको पीठो घसेको

माथिल्लो ओठजस्तो मसिनो पार्ने यो वक्र सभ्यताको अधोगतिलाई

धिक्कार छ ! आधुनिकताको भूत सवार भएका नवयुवकहरूको रोमहीन ओठमाथि मर्दपना रोई-रोई त्यसै बिलाइरहेछ । मर्दको यो अपराध देख्ता

मलाई त पुरुषजाति स्वास्नीमान्छको अनुकरणमा चलिरहेको जस्तो लाग्दछ । आजकलका नवयुवकहरू नखरे, नाजुक, ओठम्न लाली लाएका

स्त्रीहरू जस्ता देखिन्छन्‌ । सभ्यता ज्यादै सुकुमारीपनतिर ढल्किरहेछ ।

विलास, आलस्य, स्वास्नीमान्छेपना र शृक्वार मात्र यस सभ्यतामा राज्य

गर्दछन्‌ ।

जुँघा राख्नामा केही बलियो, गठिलो, हाँकिलो पुरुषार्थ र मजबूत

मर्दपनाको संकेत पाइन्छ । यी प्रकृतिका काला फर्माइ्रश निरर्घक छैनन्‌ ।

यिनमा स्त्रीजातिको अनुचित अनुकरणको विरुद्ध मर्दपनाको मीठो बलवा छ। हामी घरकी क्खुरीले दुँगिन चाहँदैनौं । हामी दुर्खल थाङ्ना सह्यार्ने जातिको अगाडि ओठमाथिका आभूषणमा ताउ लगाएर, आफ्नो पौरुषभेद जनाएर अकडिएर मर्दको हंकारी मर्यादा राख्न चाहन्छौं । आधुनिक

पुरुषहरूमा भयंकरताको मात्रा बहत कम भएको कारण जुँघाको सफाचट हो, यस्तो अनुमान गर्ने सकिन्छ- जुँघाहीन पुरुष भएका घरमा घोडी नै १९४८लक्ष्मी निबन्ध-संग्रह