बिग्रनलाई बाबुका निधारका मोतीले तिर्दथे, र यति गर्नका निमित्त जीवनको आधा भाग लगाउनु कुन बुद्धिमानी भयो ? मलाई अपशोच लाग्छ यतिका मूल्यवान् वर्षसम्म राष्ट्रको शिशु निरर्घक आत्मविकारको क्रममा चल्दछ । हामी कहिले परिपक्व हुने ? मलाई हतपत लाग्दछ । गूँगो कलम देख्तै रिस नउठ्नु उन्नतिशीलको लक्षण हो । कलेजले
पढाउने कुरासम्म त दश वर्षमा कथाकथुङ्ग्रीबाटै सिकिहालोस् न यो
कुरा कहानीबाट ! अनि सोद्ट वर्ष हुँदा दुनियाँ बुझेर अगाडि सरोस् न नवयुवक ! म सुन्दछु बाह्रहाते तीन वर्ष काट्यो क्या र ! तर वर्षको
भेडो वन्नुमा के देखियो यहाँ ! पन्ध रुपियाँ, एक सय असी घण्टा काम
गरेर ! अनि गरीबका बाबुआमाले के मोहनी देखून् ? अझ म चाहन्छु
कुरा गर्ने शिक्षकहरू दुनियाँमा डुलून् । खुला इस्कुल बनून् । छानिएका
सत्पात्रहरूद्वारा दुनियाँलाई शिक्षित हुन दुई दिनको कुरा छ । पन्ध-बीस वर्ष पढेर दाढी पाकेर बिग्रिसकेका हुन्छौँ या दोस्रो संसारमा बेपरवाहको नतीजा भोग गर्न पुगिसकेका हुन्छौं । समयको दुरुपयोग : देख्दा आत्मा सन्तुष्ट रहँदैन । हामीले शिक्षालाई जीवनमा लगेर घरघरमै घुसाउनुपर्दछ । 'शुरू भएकै छैन' भन्ने पनि छन् नि ? उपाय हजारौं निक्लन्छन् त्यहाँ,
जहाँ हामी मगज लगाउँछौं । श्रद्धासँग यो पन्ध्र वर्षलाई काटेर पाँचौं वर्ष
गराउन सकियोस् त ! दश वर्ष जीवन राष्ट्रलाई वपिने थियो र हामी
दश वर्षका कष्ट नपाई दश वर्ष अग्रसर हुने थियौं र अरू जाति फेरि अरू पन्ध्र वर्ष पढ्दै गर्नै थिए र हामी पाँचै वर्षमा तिनलाई उछिन्ने थियौं । सापेक्षिक दृष्टिमा हामी तिनसँग बीस वर्ष नाफा गरेर जीवनको दौड छाड्ने थियौं । तर हामी मेहनती जाति भए पनि कट्टर प्राचीनवादी
छौं । अनुभवदेखि डराउँछौं । तर यहाँ खतरा छैन । खालि दुई-चार मगजदार मिले उपाय निस्किन्छ । हामी दश वर्षका शववेदनाबाट नवयुगका शिशुलाई बचाउँछौँ । 'असम्मभव' भन्ने पनि कुनै छन् नि! तिनीहरू सस्तो नैराश्य लिने किसिमका कठिनतावादी हुन् ! शिक्षासुधारमा राष्ट्रको सुनौला भविष्य छ ! झुपडीसम्म किताब पुन्याउन सकिन्छ र खेतमा परीक्षा । शिक्षा म त्यसलाई भन्दछु जसले मानिसलाई पूरा मानिस बनाउछ, जसले जीवनको अल्पतामा दृष्टि राखेर समयको हिसाब उपयोग गर्न सिकाउँछ र सबभन्दा उत्तम मानवोपकारी क्रियाहरूमा जसले सबै
शिक्षा/१७४