Jump to content

Page:Luni.pdf/42

From Nepali Proofreaders
Revision as of 12:49, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

डाँफेका आँगमा इन्द्रेणी
वनदेवीले छिपेको ।
फूलले लाउँछन्‌ यारिन्‌ रे !
सपनाले तारावन-
बाट रुँदै टिपेको ।

(९)
हिमाल दरबार जुन[1] रानी
पुरुष हेरी गल्छिन्‌ हे ।
पन्ध्र दिनलाई गलेर
एक दिन सुती फुल्छिन्‌ रे !
राग्रा आइमाई अनि त
हेर्दै गौल गोल बन्छिन्‌ रे ।

(१०)
तर होस्‌ ह्लासा सुन सुनको
सुनको भेडा सुन उनको ।
लूनीलाई कठै ! आँसु छ ।
विषको वनमा गए झैँ
सिकसिक्‌ लाग्दो मासु छ ॥

(११)
मखमल गही नीलोमा
सुनका प्याला भर्दछन्‌ ॥
चामर डोलाई केटीले
गुलाफ अत्तर छर्दछन्‌ ॥

  1. चन्द्रमा