Jump to content

Page:Laxmi nibandhasangraha.pdf/154

From Nepali Proofreaders
Revision as of 23:36, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "भाव स्पष्ट हन्छ । त्यसको खस्रोपनामा कीराहरूसंगको लडाइँ छ, लम्वे लर्कादार लच्काइमा पकड र प्यासको मधुर प्रतिभा झल्कन्छ । अनि प्रौढावस्थामा यो पनि जुँघा हाल्दछ, जसको कोमलता वय: सांक...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

भाव स्पष्ट हन्छ । त्यसको खस्रोपनामा कीराहरूसंगको लडाइँ छ, लम्वे

लर्कादार लच्काइमा पकड र प्यासको मधुर प्रतिभा झल्कन्छ । अनि प्रौढावस्थामा यो पनि जुँघा हाल्दछ, जसको कोमलता वय: सांकेतिक

हुन्छ, मानौं प्रकृतिले यही मानव-अनुकरण गरेर देखाइरहिछिन्‌ र मानौ

फल नपाक्तै मनुष्य झुक्किएलान्‌ भनेर आत्मसंरक्षणका निमित्त डशाराको रूपमा राखिएको छ । बीउ पकाउनु बोटको मुख्य अभिप्राय थिया २ यसले अनेक लडाइँ, अनेक खोज गरेर सफलता हासिल गरिरहेछ । कहाँबाट आए ती साना हाँस्दा दानाहरू माउ बीउको प्रार्थामक

सादृश्यमा ? सदृशले सदृश फलाउँछ । पूर्णबाट पूर्ण निस्किरहेछ । कन

दूध पिए ती बच्चाहरूले ? मानौं पृथ्वीमाता स्तनबाट सबैका आंखा छलेर हेर्न हुँदैन जव मकै पाक्यो जुघा कल्सेदो खैरो भएर जरियो, वस ।

बोटको मूल अभिप्राय खतम भयो । जराहरूले पोषण लिन छोड्दछन्‌ । पातहरू थाकेका हात झैँ ओइलिन थाल्छन्‌, बोट सुक्तछ, संसारमा

आफ्नो अभिप्राय सिद्ध भएको जीव झैं मिताहारी बन्दै जीवनको पकड

खुकुलो पार्दै जान्छ । अब आगामी क्रतुका शिशुहरूलाई पोषण गर्नलाई

मात्र उसको काम बाँकी छ र वृद्धावस्थाको प्राकृतिक वैराग्य झल्काउने बोट माटोमा लडेर पञ्चमहाभूतमा मिल्दछ र पृथ्वीको नवपोषणात्मक

शक्ति बढाइदिन्छ । यहाँ एक जीवन र यसका अनुभवहरू छन्‌ ।

कुनै बान्की कुनै रेखा बेमतलवका छैनन्‌ । जराको रातो जालदेखि

पातको धारिलोपनासम्म अभिप्राय छ । हरएक झुकाउमा माने छ, हरएक ढङ्गघ र चालमा मतलब छ । त्यहाँ म थाहा पाउँछु कि जीवननेर अभिप्राय

रहनेछ । क्षण-क्षणमा वृद्धि र चालहरू अध्ययन गर्दै बसे मलाई साधुका

दौलतर वैज्ञानिकका चमत्कारहरू त्यहीँ झल्कन्थे ! यसमा बठ्याइँ छन्‌

पत्रचात्रीहरू ! मेरो आँखा मोटामोटी करा मात्रै देख्तछन्‌ । म

बोलार्क त शायद बोलि पनि हाल्दो होकि!

राम्ररी

त्यस्तै फूलहरूको रङ्गमा अभिप्राय छ । तिनीहरू ठाँट पार्दछन्‌ ।

जस्तो स्त्रीजातिहरू बैँसमा ठाँट पार्ने स्वाभाविक प्रवृत्ति देखाउँछन्‌ । मौरी बोलाउँछन्‌ र भाले-पोथी केशर मिलाएर सिर्जना गर्दछन्‌ । तिनका आकारमा

सौन्दर्य छ । त्यो देख्ता हामी कलाकारको स्पष्ट संकेत पाउँछौं । गगाम्रो

मानव-कलाले त्यति पैदा गर्न सकेको छैन । रस्किन्‌साहबको भनाइमा

त्यहाँ दिव्य सौन्दर्य, दिव्य हिसाब र दिव्य मिलाप या संगति छ ।

आकार र अभिप्राय/१४४