Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/168

From Nepali Proofreaders
Revision as of 16:30, 5 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(७)}} भुलमा अपराध त्यो गरेँ ::तर आई फिर पाउमा परेँ । खलको भुलमा क्षमा गर ::तिमि छैनौ म-समान निठ्ठुर ॥ {{pcn|(८)}} तिमिले नगरे ममा क्षमा ::म अभागी सबका समक्षमा । जिउँदै उस नर...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(७)
भुलमा अपराध त्यो गरेँ
तर आई फिर पाउमा परेँ ।
खलको भुलमा क्षमा गर
तिमि छैनौ म-समान निठ्ठुर ॥

(८)
तिमिले नगरे ममा क्षमा
म अभागी सबका समक्षमा ।
जिउँदै उस नर्कमा गएँ
जसमा देवि ! नजन्मँदै थिएँ ॥

(९)
जगदीश्वरका अघिल्तिर
तिमि हामी सब छौँ बराबर ।
नबुझी तर यो सहोदर-
भगिनी-घात गरेँ सरासर ॥

(१०)
जुन घातक हात हुन्‌ उनै
अब तिम्रा पदमा शनैः शनैः ।
प्रणिपात गरी क्षमा लिन
अघि सारेँ भयभीत भैकन ॥