Jump to content

Page:Laxmi nibandhasangraha.pdf/140

From Nepali Proofreaders
Revision as of 23:30, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "बस्तैन । आँखामा हाल, बिझाउँदैन, क मासु खाँदैन, काटमार लडाइँबाट दूर, शान्ति र प्रेमको जिउँदो चल्दो मूर्तिजस्तो देखिन्छ । उसको नैतिक पराक्रम र साहसअगाडि मेरो पार्थिव ममता र नाटीकटी प...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

बस्तैन । आँखामा हाल, बिझाउँदैन, क मासु खाँदैन, काटमार लडाइँबाट दूर, शान्ति र प्रेमको जिउँदो चल्दो मूर्तिजस्तो देखिन्छ । उसको नैतिक

पराक्रम र साहसअगाडि मेरो पार्थिव ममता र नाटीकटी प्राकृत तबरले शिर झुकाउँछ । क संकीर्ण-विकीर्ण छैन । म पत्थरमा छाती फोरेर मरिरहेको मान्छे जस्तो छु । म झूटा झल्कापछि दगुर्दछु, क मट्टीतेलको बत्ती बाल्छ। म उसको नजीक प्राचीन भारतनेर पुग्दछु ! र उसको

विश्वास, धैर्य र आत्मबल देखेर म चकित बन्दछु, क गङ्गा छ,जहाँ सब

नाला मिल्दै शान्त प्रवाह देखिन्छ । म कालो बादल झैं गडगडाउँदै

छरिन्छु र शून्य राखेर बिलाउँछु !

मैले के त्याग गर्न सकें ? जब यी काँचका आँखा हुन्‌; यी

माटाका कान हन्‌ । म बेहोशमा छु । मृगतृष्णामा जिद्दी गर्नु मेरो बाटो हो । मलाई तेरा रचना रही बोक्रा हन्‌ भने रिस उठ्छ, म जुँघामा ताउ

लगाउन पाउनु जीवनको सफलता सम्झन्छु । ढुङ्गा खैँचाखैँचीको

झगडालाई जीवन भन्दछु । मैले जाने भन्ने मलाई घमण्ड छ, र मेरा

ज्ञान भन्नु खालि धूर्त्याइँ लुच्च्याइँ र भौतिक सामग्रीसँगको परिचय छ ।

मलाई दाढी बडे गिज्याउँछन्‌ भन्ने डर लाग्दछ, कोट नलगाए 'हा हा'

गर्लान्‌ भन्ने त्रास छ र गलबन्दीलाई सौख मान्दछ, ढिकी र जाँतो बोकेर संसारबाट जान चाहन्छु । विष पिएर त्यसको ज्वलनबाट 'बच्‌ बच्चा'

भने म रिसाउँछु ! म पाँच मिनेट आँखा मुँदेर एउटा चित्र बनाउन सक्तिनँ, तीन करोड तेत्तीस लाख कराले मेरा नसा-नसामा जञ्जीर लगाइरहेछन्‌ । म 'आगो खान दे

! आगो खान देक !' भनेर परमेश्वरलाई

रुवाउँदै विष मागिरहेछु, मलाई आफूभित्र कल-पुर्जासिवाय केही छैन

जस्तो लाग्छ र दुनियाँको हितभित्र प्राण अर्पण गर्नुपरे शिरका रौंदेखि

पयरका औंलासम्म कम्प र थर्थराहट प्रतीत हुन्छ । म विदितसँग कुरा गर्न जान्दिनँ, अस्तु । त्यो त्याग जस्तो भस्मलेपी, विषयजेताको मूर्ति मकहाँ एक एक मुठी माग्नभआाउँछ-किन ? भारतको आत्मा राख्न ? मलाई खुवाउन ! उ आर्यसभ्यताको खम्बा हो । परमेश्वर माग्न आए एक मुठ्ठी, मेरो आत्मालाई सामल दिन विश्वास र श्रद्धाको गेरुमा, मैले उसलाई मित्तै अर्थनीति सुनाएर रित्तो हात पठाएँ ! भारतको आत्मा दुःखदलित स्थिर

भिखारी झैँ माग्न आइरहेछ मेरो घरमा । हाय ! धर्मको नाममा क्राषिको

साधुको माहात्म्य/१२१