मेरो हृदयमा त्यस व्यक्तिसँग के प्रेम, जो मसंग पैसाको नाता
जोड्दछ, जो उपदेश बिक्री गर्छ, जो अहंमानी फुर्ती देखाउँछ ? मपाईंलाई
आफैसँग प्रेम छँदैछ, उनी मेरो हृदयमा बस्तैनन् । सिकन्दरको अहंकारभन्दा एरिस्टोटलको हितैषिता मानव-हृदयनजीक आउँछ र पकड लिन्छ । अक्सर मानिसहरू आफ्नै निमित्त हुन्छन् अस्थिपिञ्जर रड्राउँछन्, सिंगार्दछन्, “म' अक्षरलाई राम्रो देख्नछन् र मेरो नजरमा धक्क् लगाउँछन्, मअगाडि टिम्किन्छन्, मानौं म तिनको पयर मल्न सुहाउँछ । रित्तो हाँसोले
मलाई सडकमा स्वागत गर्दछन् । सुन बाँधेको दाँत देखाउन चाहन्छन् !
म बिरामी भए 'ज्या अपशोच !' भन्ने बोक्रे सहानुभूति देखाउँछन् । मेरो
मन दुखेको भए विषादको व्यर्थतामा व्याख्यान दिन्छन्, तर मेरो आत्मा
जान्दछ कि तिनको छाती खोक्रो छ । म उन्नत भए मित्रहरू मुस्काउँछन् अवनत भए भन्दछन् 'ज्या ! मैले ता भनेको हो कि ?' मानौं उनीहरू नै
सर्वज्ञ थिए ! मेरा आत्माको दुःखउपर म उनीहरूअगाडि मुस्काएर हिंड्दछु
व्यवहार तानाशाही छ । उनीहरू आफ्नो दुःखलाई रायोको पर्वत बनाउँछन् ।मेरा निमित्त शरीरबाटै फुत्त निक्लन सक्ने एउटा भलादमी
छैन,जोडका तोडमा छन् । के म तिनसँग हृदयले प्रेम गर्न सक्तछु? तिनका इज्जत मलाई थिच्तछन्, तिनका उपाधि मिच्तछन्; तिनका आर्थिक स्वार्थिताहरू कँची काट्तछन्, तिनको गर्व मलाई ठुङ्दछ अनि
तिनै मेरा दोस्त रे! मलाई दुनियाँका हितनिमित्त कोट र पोशाकको गहुँगो शिष्टाचार छोडनेउपर प्राकृत श्रद्धा उद्तो छ । क मेरो हृदयलाई थिच्तैन । हलुका हुन्छ । क दुनियाँको छोटो ताक र सस्तो नाफा छोडेर मेरो आत्मानजीकै आउँछ, उ
ज्यादा माग्दैन, मेरो ध्यान मेरो जाँगर र मेरो सजिलो
प्राकृतपनमा अत्याचार गर्दैन । क मसँग फोय्रो हाँसो माग्दैन । न बोक्रे मिजास ! त्यसको नङ्गजा महलमा म त्यसै आदर राख्तछु । क प्रकृतिनेर छ र उसको सीमा नाघ्ने सहज स्वतन्त्रता देखेर म आह्लादित हुन्छु । क रङ्गीन चश्मा लगाउँदैन, उपदेश बेच्तैन, पैसा बोक्सीको ऐएँठनबाट
बचेको छ । उसका जिश्रा, कान, नाक, आँखा, छाला बिगटिन पाउँदैन; उ हप्काइहाल्छ । उसका आँखाले पच्चीस करोडको फिल्म माग्दैनन्, उसका जिभ्रालाई तीन हजार होटेल र परिकारको जरूरत छैन, क
थोरैको आनन्दमा हलुका पयर चाल्दछ र दुनियाँको हृदयमा वजन बनेर १३०.लक्ष्मी निबन्ध-संग्रह