Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/89

From Nepali Proofreaders
Revision as of 14:55, 5 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(४)}} यथार्थमा हेर मनुष्यलाई मनुष्यताको सँगमा मिलाई । चढाउने उन्नति-शैल-माथि धनै छ यौटा स्पृहणीय साथी । {{pcn|(५)}} धनै भए लभ्य छ गाँस, वास धनै भए मात्र रहन्छ सास । धनै...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(४)
यथार्थमा हेर मनुष्यलाई
मनुष्यताको सँगमा मिलाई ।
चढाउने उन्नति-शैल-माथि
धनै छ यौटा स्पृहणीय साथी ।

(५)
धनै भए लभ्य छ गाँस, वास
धनै भए मात्र रहन्छ सास ।
धनै छ सर्वोत्तम सार जे छ
सबै धनैमा लटकी-रहेछ |

(६)
कसेर चारैतिरबाट ल्याई
नचाउने नित्य मनुष्यलाई ।
रहेछ एकै धन-नाम खास
महेशको मोहन मन्त्र-पाश ॥

(७)
अशेष यो विश्वविषे विशेष
लगाइ आँखाकन लेश लेश ।
विचार आफैँ बुझ हाव-भाव
रहेछ कस्तो धनको प्रभाव ?