Jump to content

Page:Laxmi nibandhasangraha.pdf/113

From Nepali Proofreaders
Revision as of 23:24, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "सम्झन्छु जो टुक्रा होइन । अल्पद्वारा अनन्तलाई हेर्नुको आनन्द मलाई छ । एक अकेला अनेक हुँदा म झिल्किएर उठेहँला । के सब देवदेवता आखिर दीप्ति नै हैनन्‌ र ? हामी ईश्वरले सीमित हुँदा भिन...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

सम्झन्छु जो टुक्रा होइन । अल्पद्वारा अनन्तलाई हेर्नुको आनन्द मलाई छ । एक अकेला अनेक हुँदा म झिल्किएर उठेहँला । के सब देवदेवता

आखिर दीप्ति नै हैनन्‌ र ? हामी ईश्वरले सीमित हुँदा भिन्नताको होश

राख्छौ र विवाद पनि यादमा परिणत हुने ठाउँमा एकसिवाय दुई देखिन्न

होला । तर मलाई सिर्जना मीठो छ

प्रेम रसिलो छ र म आफूलाई

झिल्का बनाएर छर्न चाहन्छु । म छन्द र लय टिप्छु जस्तो सुकुमारी

पहाडकन्याहरू ऐँसेलु टिप्छन्‌ । छन्द र लयविना म केही क्रामा ऐक्य देख्तिनँ । कविता र

गानाले सारा संसारलाई एक सूत्रमा गाँस्तछ ।बेछन्दी हुनु विक्षेप हो । बेलायकको बोली अन्धकारबाट उठ्छ ।छन्द र लय समय र अवकाशको अनन्ततामा विश्वकविको प्रतिभा झल्कन्छ, किनकि अल्पांशी विभिन्नतामा

एकले गाउँछ । म परमेश्वरबाट अलग पनि हन चाहन्छु र बराबर मिल्न चाहन्छु नत्र खोज्नुको मोहनी र वियोगको मधुर रोदन र मिलनको तीव्र आनन्दविना जीवन खल्लो हुन्थ्यो र रुनुमा, हाँस्नुमा, च्याँष्टिनुमा, रिस

देखाउनुमा छन्द र लय छैन म भन्न सक्तिनँ । कृष्णको मुरलीमा सबै

रिसका पनि राग छन्‌ । उनको छन्द हामीले बुभनुपर्छ, उनको लयमा आत्मा रहनुपर्दछ । जब परमेश्वरलाई आफूबाट अलग बनाउन चाहन्छु तब रूप र रड्ग व्यक्त गर्दछु । उनी प्रेमले ओर्लेर आउँछन्‌-त्यही रूपमा

जो प्रेमको हृदयले भावना गर्दछ र सपनाका देशका चित्रहरूमा सत्य

रङ्दि ओर्लिरहेछ; र त्यस ओर्लनुमा म छन्द र लय देख्तछु । छन्दसँग हामीलाई किन ज्यादा प्रेम भएको होला । मेरा कारणका:

विवरण विवेकसंगत हुँदैनन्‌ र मलाई बताउन असजिलो लाग्दछ । छन्दमा प्रथम रश्मिको कम्पन भएझैँ लाग्दछ । शायद जीवन ट्टदयवाटै विस्तार

भएको हो । म परब्रह्ममा पहिले भाव भएर जन्मेंहँला र भावको लक्षण

छन्द हो । जीवन अरू बेला बिदा पाएर गुनगुनाउँछ, तर समूचा जीवन

आत्म-चेतना एकत्रित भएर आउँदा हृदयमा घनीभूत भएर सररर पर्सिएर

आउँछ, खँदिलोपना पगिलिएजस्तो लाग्दछ, जस्तो आँसुमा कडा संसारको सब कठोरता पग्लिएर आउँदछ । तरल माधुरीमा म विश्व बुभदछु त्यहाँ प्रेम र सिर्जना घुम्टो खोज्दछन्‌, कणाकणासँग बेरिँदै, अङ्गमाल बहन्छ र एउटाको हृदय अर्कोसँग झुनझुनाउँछ ! म नाला जस्तो स्वर्ग बर्सिंदा जन्मेहुँला-यी पहाडहरूको मुखतिर पार्ने मीठो ओरालीमा । अनि १०४. लक्ष्मी निबन्ध-संग्रह