Jump to content

Page:Luni.pdf/41

From Nepali Proofreaders
Revision as of 11:29, 2 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> सुनका उनका पश्मिना गलेबन्द लाएर । डुन्छन्‌ भन्छन्‌ लुक्याँगको तलाउमा आएर ॥ जुहार जुहार खम्बामा, दरबार जलमा फकलमल छ । रातमा सुत्छन्‌ रूल तानी नीरमा हीरा क्लमल छ...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

सुनका उनका पश्मिना
गलेबन्द लाएर ।
डुन्छन्‌ भन्छन्‌ लुक्याँगको
तलाउमा आएर ॥
जुहार जुहार खम्बामा,
दरबार जलमा फकलमल छ ।
रातमा सुत्छन्‌ रूल तानी
नीरमा हीरा क्लमल छ ॥

(६)
ह्लासाका छाना टल्कन्छन्‌
दुईबार दिनको टुनामा ।
घरमा ज्वाला सल्कन्छन्‌
दुईबार गजुर कुनामा ॥

(७)
गालामा आई फूल फुल्छन्‌
बिजुली छन्‌ आँखामा ।
कस्तूरी पो मगमग छन्‌,
बैँसका फूलको शाखामा ।
बुलबुल जूनमा फुल पार्छन्‌
अनार-मुना भाषामा ॥

(८)
ह्लासाका चरा फुल उड्छन्‌
ह्लासाका फुलफुल सब बोल्छन्‌
भुइँ छ पन्ना लिपैको ।