Jump to content

Page:Luni.pdf/18

From Nepali Proofreaders
Revision as of 17:33, 1 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(४)}} बुद्ध मूर्ति जिउँदो आकार सुनको राम्रो सिँगारी । फलैफूलको रथमा हाली सेर्पा लग्छन्‌ घिसारी ॥ मूर्ति छुने आइमाई पाउँछ भन्छन्‌ आफ्नो दिल-ड्च्छा । आजको दिनमा...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(४)
बुद्ध मूर्ति जिउँदो आकार सुनको राम्रो सिँगारी ।
फलैफूलको रथमा हाली सेर्पा लग्छन्‌ घिसारी ॥
मूर्ति छुने आइमाई पाउँछ भन्छन्‌ आफ्नो दिल-ड्च्छा ।
आजको दिनमा हुन्छ भन्छन्‌ पाप धर्म परीक्षा ॥

(९)
सेर्पा साम्बा सोङ्गो बस्छ रथको आज अगाडि ।
खेल र कृद घोडदौड चल्छन्‌ बाँफको रूखपछाडि ॥
हेलम्बूकी रानी लूनी सिँगार-सुन्दर मखमलमा ।
सल्लाघारीमुनि बस्छिन्‌ सुन्दरीको टहलमा ॥

(६)
सारा सेर्पा जित्ने आज चाङना नामको ठिटो भो ।
अग्लो गोरो राम्रो सेर्पा घोडादैडमा छिटो भो ॥
कृश्ती खेल्दा राङजालाई धोबीपाटले पछाय्यो ।
बुद्धको रथ दुवै हातले तानी एक्लै घिसायो ॥

(७)
काँढमा उसले बैँसको हाँगो एकैचोटि चिर्दामा ।
आश्चर्यको रङ्ग छायो हेर्न सबका पर्दामा ॥
उसले कम्बर भाँची नाच्दा सबैभन्दा राम्रो भो ।
सेर्पा राङजाभन्दा बढी सेर्पा चाडना हाम्रो भो ॥

(८)
बीस वर्षको गोरो ठिटो डालडिलको क्या राम्रो ।
सेर्पा हेलम्बूको शहरभन्दा चाङना यो हाम्रो ॥
कालो कपास निधारबाट मन्टो हल्लाई फेक्दछ ।
एउटा हातले पसीना पुछी कपाल सम्याइराख्दछ ॥