Jump to content

Page:Laxmi nibandhasangraha.pdf/106

From Nepali Proofreaders
Revision as of 23:20, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "टाढा कहाँ हुन्छ र ? च्याङ्ग्रेले बोके पनि मेरा खुट्टा गल्दैनन्‌, न त थाकेका पयरमा धनेश तेल लगाउनको जरूरतै पच्यो । पादचारीहरूको अगाडि कमसे कम मेरो फूर्ति र रवाफ त रह्यो कि !' भन्ने यस्...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

टाढा कहाँ हुन्छ र ? च्याङ्ग्रेले बोके पनि मेरा खुट्टा गल्दैनन्‌, न त थाकेका पयरमा धनेश तेल लगाउनको जरूरतै पच्यो । पादचारीहरूको

अगाडि कमसे कम मेरो फूर्ति र रवाफ त रह्यो कि !' भन्ने यस्तै

सन्तोष तरङ्गहरूले आनन्दित भएका हाम्रा कविराजजी

जुँघामा ताउ

लगाएर फेरि एक हात कम्मरमा अड्याएर च्याङ्ग्रेफोक्रवा मिजासको जन्तुलाई पयरको एँडी र लगामको झटारोले अगाडि बढाउँये- लिखे टुकुर टुक्रमा- र यो मीठो चैतन्य उनमाथि गद्गदाएर चढ्थ्यो कि

हजारौं गोडाहरू उचालिँदै पछारिँदै ठक्कर-ठेस खाँदै वाहनबिना

बागबजारको सडकमा रंगमगिइरहेछन्‌ । लगाएर

जुन दिनको हामी उपाख्यान गरिरहेछौँ उस दिन जुँघामा ताउ यस्तै रसिला

तरङ्गहरू मनमा

भरिएका

हाम्रा भिषगराज

बिजुलीघरको नजीकै सालिकको सामुन्ने हरियो दोसल्ला ओढेर

आइपुग्नुभएको रहेछ । दुर्भाग्यवश ठीक त्यही ठाउँमा एउटा काले

घम्मरधुस घोबीले दुईतर्फ विशाल पोका चढाएर गधा धपाउँदै ल्याएको

रहेछ । त्यस बिचरा ज्यादा लादिएको गधाले आफूमाथिको अत्याचारउपर

स्वजातिसँग उजूर गर्ने मन लागेको बेलामा न भझुसमसे दाढीवाल

कविराजलाई देख्यो, न उहाँको गधघामुखे बाहनलाई,

हामी निश्चित

तबरले भन्न सक्तैनौं । दुईतर्फबाट यस क्राको फैसला हन सक्तैन । तर त्यस गधाले यसरी त्यस दिन गर्जन निकाल्यो कि (कविराज बाजेको भनाइमा) मानो पहरा थर्काउने यालदार सिंह नै हो; र यो तीव्र उजरातको

गर्दभगुहारमा कहिल्यै नझस्किने, आफैले सघैं छेउ लागेर बागबजारको

छहारी खोजेर हिंड्ने, यस्तो शान्त जन्तुलाई अकस्मात्‌ वनको बाघ आएमझैं डर पसेर सातो-पुत्लो उडेको बेलामा कहिले उत्तरतिर, कहिले दक्षिणतिर, कहिले स्टघाच्यूतिर, कहिले बिजुली -अड्डातिर सहारा खोज्न

रंगमगिएझैं आतसमा हिंड्न थालेछ । ठूलो घोडा भएको भए साँच्चिकै टिपिहाल्ने र ज्यानको आइँ न काइँको सोझो खतरा हुने- तर भाग्यवश

सानो खच्चर हुनाले यस्तै गरी उतर्सिइरहेको थियो रे- तैपनि त्यस

बेला घण्टाघरले चार हान्ने बेला भएछ र त्यो पनि झन्‌ रन्थनिएछ-

अनि सबउपर त्यसै बेला (कत्रो दुर्भाग्य !) घण्टाघरतिरबाट एउटा कुन्नि कति सय उनसट्टी हो कि उनन्तीस हो नम्बरको अजङको मोटर हर्न दिँदै भ्वाँक्‌ ! भ्वाँक्‌ " भ्याँक्‌ !" गरेर ड्राइभरले जाँड खाएजस्तो दौडमा

कविराजको च्याङग्रे खच्चर,“९७