Jump to content

Page:Laxmi nibandhasangraha.pdf/93

From Nepali Proofreaders
Revision as of 23:19, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "अनुभूत हुन्छ र ग्रीस, रोम हामी ज्यादा त्यहाँ बुभ्छौं उनका कलात्मक रचनाले ती जातिका जीवन र आदर्शको उद्घाटन गर्दछन्‌ । हामी ग्रीक स्ट्याच्यू हेरेर त्यसलाई हरहमेशा ग्रीसको जीवनसँग...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

अनुभूत हुन्छ र ग्रीस, रोम हामी ज्यादा त्यहाँ बुभ्छौं उनका कलात्मक रचनाले ती जातिका जीवन र आदर्शको उद्घाटन गर्दछन्‌ । हामी ग्रीक स्ट्याच्यू हेरेर त्यसलाई हरहमेशा ग्रीसको जीवनसँग नाता जोडिने तबरले अध्ययन गर्दछौं, र रोमका कलात्मक सिर्जनाहरूलाई हामी

रोमनहरूको जीवनबाट अलग सम्फझँदैनौं । अझ यसो भन्न सकिन्छ कि कला जीवनको स्‌न्दरतम अध्ययन हो; किनकि हामी कलाद्वारा जातिको

जीवन र आदर्श बुझ्न खोज्दछौं, प्राचीन सभ्यताको विषयमा हामीलाई

कलात्मक निर्णयहरूभन्दा राम्रो रहस्योद्घाटक तत्त्वहरू अरू केही

मिल्दैन ।

न त, उनीहरू भन्दछन्‌ 'कला कलाकै निमित्त प्रादुर्भूत भयो', किनकि यस्तो आत्मसमर्धन नै जीवनको मुटु उल्लासिनु र मनुष्यको

भावुक उत्थापनमा रहन्छ ।:कला जीवनकै आँखाअगाडि झल्किएर आउँछे र जीवनकै आँखालाई उल्लास दिनका निमित्त । जो मानव-हृदय राख्तैन,

त्यो कलाकार हुन्‌ असम्भव छ । जीवन र प्रकृतिलाई नाघे पनि कलाले आफ्नो सूक्ष्म निर्माणतत्त्वहरू तिनैबाट पाउँदछन्‌, र तिनैका सदस्यहरूको

सृक्ष्म चैतन्यद्वारा नवरूपको सिर्जना र यथार्थताको काल्पनिक परिणति

देखाउँछन्‌ । कला कलाकै निमित्त भन्नु एक दृष्टिकोण हो; तर कलाको

बारेमा सम्पूर्ण सत्य होइन, किनकि जीवन-मुटुमा आनन्द दिनु र सौन्दर्यको चेत जगाउनु कलाको कर्तव्य हो; र बोक्रे नीतिसँग सम्बन्ध नराखे पनि हृदयशिक्षणद्वारा हुने भाव्क औपदेशिकता कलाको साथमा हरहमेशा

रहेकै छ । जहाँ निख्खरा काल्पनिकता र कथाकौतूहल मात्र पाइन्छ,

त्यहाँ पनि मानव-कल्पनाको उत्तेजना र सृजनात्मक बृद्धिको पोषणद्वारा

जीवनलाई कलाले पोषण दिइरहेकै छ, र यही कलामा पौष्टिकताविना कलाको आत्मसमर्थन हराएर अस्तित्व नै कायम रहँदो होओइन । कला कलाकै निमित्त भन्ने पनि उच्चतर जीवनको अन्वेषणमा सौन्दर्य र काल्पनिक सत्यको देशमा पदार्पण गर्दछन्‌ । “म आफ्नै निमित्त गाउँछर दुनियाँदेखि बन्दछु वागी' भन्ने किसिमका व्यक्तिहरू पनि जीवन खोज्दछन्‌, र उनीहरूको कलात्मक आनन्द तीव्र छ भने, दुनियाँले आफ्नो जीवनका निमित्त तिनलाई पनि आफ्नो गराउँछ ।

तब के खालि जीवन र प्रकृतिको चित्रण कला हो? भन्ने

प्रश्नलाई मेरो क्षुद्व विचारमा फोटोग्राफी कला होइन; र जहां मान्छे

यर४/लक्ष्मी निबन्ध-संगह