(११६)
विश्वामित्र प्रशास्त धन् मिलि तहाँ खू भयी गैगये ।
राजालाइ पनी त तेहि डुमका साथ्मा लगाई दिये ॥
दुईचार लगाई बेत पहिले नेल् हत्कडी सब् धरी ।
सास्ती धेर दिंदो भयो श्वपचले१ राजा पनी त्यो वरी ॥
(११७)
शोक्ले ग्रस्त भई प्रिया सुत भनी चार टीन भोकै रहे ।
पाँचौं दीन बिहान भो जब तहाँ नेल्देखि खुल्दा भयो ॥
बोलाईकन सामु लाल नजरले यो भन्छ चांडाल् तहाँ ।
काशी दक्षिणभागमा अतिढुलो जान्नु मशान् एकृवहाँ ॥
(११८)
ताहीँ गैकन हुन्छ जौन रितले मीलोस् तही कर् लिनु ।
यो लाठी विरवाहको भनि तहाँ सब्मा सुनाई दिनु ॥
आश्ञापाइ ति भूपती पनि गये कस्तो मशान् त्यो भने ।
देख्तैमा पनि प्राणि मात्र सबमा विह्वल गराई दिने ॥
(११९)
स्यालकुत्ता अनि गिद्धलेसहित भै जुन्मूर्तिमा वास्लिने ।
आधा अङ्ग जलेर खालि भुमिमा मुर्दा कहीँ देखिने ॥
जल्दैछन्कतिजल्नलाइठिकछन्स्याल्गिद्ध खान्छन्कती ।
कोहीमर्न तयार छन्जलमहाँ रुन्छन् कती ता बसी ॥
११ चाण्डाल--मशान चाण्डाल- मशान र मुर्दा मुर्दा को दस्तूर दस्तूर लिने े रर वापतीी मानिस मानिस काट्ने । काट्ने ।
Page:Satya harihschandra katha.pdf/33
Appearance
This page has not been proofread
