Jump to content

Page:Satya harihschandra katha.pdf/32

From Nepali Proofreaders
Revision as of 11:49, 29 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(११२)}} किन्छु लौ म तँलाइ दिन्छ रुपिञा हो मोल तेरोकती । भन्थ्यो त्यो उहिबीचमा क्रषिपनी आए रिसाई अती ॥ चाँडो देउ मलाइ दिन्न अबता भाका र खावा पनी । यस्तो हप्कि सुनी...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(११२)
किन्छु लौ म तँलाइ दिन्छ रुपिञा हो मोल तेरोकती ।
भन्थ्यो त्यो उहिबीचमा क्रषिपनी आए रिसाई अती ॥
चाँडो देउ मलाइ दिन्न अबता भाका र खावा पनी ।
यस्तो हप्कि सुनी भने नृपतिले अत्यन्त दुःखी बनी ॥

(११३)
हेब्रह्ान्‌, अति नीच यो छ कसरी यस्को कमारो म हाँ ।
राख्नूहोस्‌ तपाइँ कै म त बरू सेवा टहल्मा रहाँ ॥
आज्ञामाफिक दास भै सकल काम्‌ गर्नेछ साम्ने रही ।
भन्दामा क्रषिले ठुलो कपट ली भन्दा लौ तहीँ ॥

(११४)
आफ्नू दास गरीसकेर अनि त्यो चाण्डाललाई तहाँ ।
भन्छन्‌ यो लिइजा मलाइ रुपियाँ चाहिन्छ लौ दे यहाँ ॥
सूनी रत्न, सुवर्ण चाँदिहरुको थुप्रो लगाई दियो ।
कौशिक्काइ खुशी गरी श्वपचले राजा कमारो लियो ॥

(११५)
जस्सै धन्‌ क्रषिले लिए नृपतिका शिर्मा तहीं पुष्पको ।
वर्षा भो सुरलोक देखि बहुतै बाजा बज्यो धूमको ॥
आकाश्वाणि पनी नृपतिले सुन्दा भए यी कुरा ।
हे राजन्‌ । अक्रणी भयौ अबतिमी तिप्रोवचन्‌ भोपुरा ॥