This page has not been proofread
(१०८)
पायेर धन् कोशिक्क सामु जाई ।
भन्दा भये भूपति लाइ ताहीँ ॥
राजन् ! यि राज््सूयकि दक्षिणा यो ।
पाएँ,अरू देउ उ भूयसी पो ॥
(१०९)
दीने विचार छैन भने जवाफा ।
देज दिनेछु तिमीलाई माफा ॥
की ता शराप् दिन्छु भनेर घुर्की ।
देखाइ धन् लीड गये ति फर्की ॥
(११०)
त्यो दक्षिणा घृँ अब लौ कसोरी ।
मन्ूमा विचारेर कुरा यसोरी ॥
युक्ती कतै केहि न देखिँदामा ।
दु:खी भये भूपति धेर मन्मा ॥
(१११)
लामू श्वास गरी उठे घरिपरी हेरेर भन्छन् तहाँ ।
बेचिन्छ अब मै मलाइ किनने छौ कोहि आवो यहाँ ॥
यो संकल्प बुझेर धर्म नृपको गर्छु परीक्षा भनी ।
आये घोरस्वरूप धारण गरी चाण्डाल जस्ता बनी ॥