This page has not been proofread
(१००)
भई दासि कसोरि स्वामि लाई ।
अब छोड कसरी म के चिताई ॥
यस जन्म महाँ हुँदैन भेट ।
पछि जन्मान्ततको मिलान के छ? ॥
(१०१)
तर सत्य न छोडि जान्छु ऐटले ।
यतिमै सत्य कसोरि छोडङुँ मैले ॥
पतिकै छ मलाइ फिक्रि भारीँ ।
कसरी राज हुनेछ छोडि नारी ॥
(१०२)
बिकीगो पुत्र त साथ् लिएर जान्छौ ।
मुख हेरी यसलाई दीन काट्छ ॥
अब अन्तिम यो बिदा मलाई ।
दिइ बक्योस् अब नाथ, देर् न लाइ ॥
(१०३)
राजा केहि जबाफ दीन नसकि मूर्छा परेकै थिणा ।
लौलौ हीँड, भनी लछारि धनिले लीएर जाँदा भए ॥
मूर्छाबाट बिउँझि खप्न नसकी अत्यन्त. दःखी बनी ।
लागे छाति पिटेर रून बहुतै हा पुत्र रानी, भनी ॥