Jump to content

Page:Satya harihschandra katha.pdf/19

From Nepali Proofreaders
Revision as of 11:13, 29 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(६०)}} मायाले गरि ताही आश्रम पनी चाँडै तयारी गरी । राजालाइ बसाइ आश्रममहाँ सोधे अगाडी सरी ॥ राजन्‌। ब्राहाण हँ मता यसघरी आफू कता हो किन । एक्कै यो वनमा सवारि हुनु...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(६०)
मायाले गरि ताही आश्रम पनी चाँडै तयारी गरी ।
राजालाइ बसाइ आश्रममहाँ सोधे अगाडी सरी ॥
राजन्‌। ब्राहाण हँ मता यसघरी आफू कता हो किन ।
एक्कै यो वनमा सवारि हुनु भो कोही अरू देखिन ॥

(६१)
यस्तो प्रश्न सुनेर ई नृपतिले साँचै बताए तहाँ ।
यस्तो भो छलिएँ मता वनमहाँ आई पुगेछ यहाँ ॥
आशा पूर्ण गराउने सकलको राजा हरिश्चन्द्र हुँ ।
झूटो काम कदापि गर्दिन कहीँ धेरै कुरा के कहुँ॥

(६२)
दिन्छु दान तपाइँलाइ पनि लौ इच्छा के को भनी ।
बोले बात सुनेर ब्राह्माण तहाँ सारै चत्रा बनी ॥
हे राजन्‌ँ यिकुरा वशिष्ठ मुनिले भन्थे मलाई वहाँ ।
दाता सत्य हजूरका सरि अरू छैनन्‌ जगत्‌भर्‌ महाँ ॥

(६३)
छोराको छ विवाह हे नरपतेयै यज्ञशाला महाँ ।
दिनूहोस मलाई दान महराज्‌ अच्छिन्न होला वहाँ ॥
यस्ताबात सुनी नुहाइ शुचि भै भन्छन्‌ अगाडी सरी ।
इच्छामाफिक आज दान दिउँला भन्ने कबोलै गरी ॥