Jump to content

Page:Satya harihschandra katha.pdf/18

From Nepali Proofreaders
Revision as of 11:13, 29 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(५६)}} दौड्डी बँदेल सब त्यो फल-फूल बारी । नाश्यो सबैतिर घुमि-घुमि लात मारी ॥ लागे धपाउन सबै रखबार आई । हा हागरे सकल गै उ बँदेललाई ॥ {{pcn|(५७)}} झन्‌ उफ्रि धम्किदिइ मानि...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(५६)
दौड्डी बँदेल सब त्यो फल-फूल बारी ।
नाश्यो सबैतिर घुमि-घुमि लात मारी ॥
लागे धपाउन सबै रखबार आई ।
हा हागरे सकल गै उ बँदेललाई ॥

(५७)
झन्‌ उफ्रि धम्किदिइ मानि ताकि धेरै ।
दाह्वा, निकालि थुतुन धसि बारबारै ॥
देखि उपद्रव ठुलो रखवबार्‌ डराये ।
दौडी गएर नृपमा सब हाल्‌ बताए ॥

(५८)
दृतका बात सुनेर भूप मनमा आश्चर्य मान्दा भयो ।
आफैने गई मार्छु तेस्कन भनी झट्पट्‌ू दगुर्दै गये ॥
छाड बाण छिटो बँदेल कन ता लागेन उफ्रीगयो ।
चम्केको बिजुली सरी भइ छिटो भागी विपत्ता भयो ॥

(५९)
घोडामा चढि झट्‌ गये पछिलिई धेरै सिपाही तहाँ ।
ठूला 'झाडि महाँ पुगेर छलिए कोही रहेनन्‌ वहाँ ॥
बाटो बिर्सि यताउती घुमिरहे मीले अगाडि मुनी ।
विश्वामित्र क्रषी भुलाउन भनी थीये डुलेका अनी ॥