(५२)
योटी सुन्दर रुपकी उ अबला रोई रहेकी पनी ।
राजा गर्न शिकार तेहि वनमा घुम्दै पुगेछन् अनी ॥
सोधे सत्य दया लिएर मनमा को हौनिहे सुन्दरि ।
कस्ले द:खदियो र यो वनमहाँ रुन्छद्यो तिमी यो घरी ॥
(५३)
प्रश्रै यति सुनी सकी नृपर्तिको नारी अगाडी सरी ।
लागी भन्न सबै कुरा क्रषि यहाँ बस्छन् तपस्या गरी ॥
मेरा आश्रमका नजीक तँ नबस् बिग्रन्छ मेरो तपा ।
भन्छन् द: खदिई मलाइ दिनदिन् काहाँ मजाउँ अब ॥
(५४)
राजाले यति बात् सुनेर ति उपर् लागेर ठूलो दया ।
दौडी आश्रममा गएर क्रषिथ्यैँ यो बात भन्दाभया ॥
हे ब्रहान्! तप छोड्दिउ अहिले मन्मा भएको जती ।
दिन्छ यो तपले सबै वरिपरी बाधा भयो धेर् अती ॥
(५५)
राजा येति भनी फिरे घरमहाँ पाए निइँ यो पनी ।
ताहीँ कौशिकले गरे छल फिरी अत्यन्त क्रोधी बनी ॥
मायाले गरि एक् बँदेल बलियो ताहाँ बनाई अनी ।
राजाको फुलवारि नाशन भनी जल्दी पठाए पनी ॥
Page:Satya harihschandra katha.pdf/17
Appearance
This page has not been proofread
