(४८)
तन्मन्ले गरि राज्य पालन गरी राजा रहन्थे तहाँ ।
केहि दिन्पछि राजसूय गरने आरम्भ भैगो वहाँ ॥
राजाका गुरु ता वशिष्ठ मुनिने आचार्य ताहाँथिए ।
वीधीपूर्वक यञ्च पूर्ण गरि फेर् सम्पूर्ण फर्की गए ॥
(४९)
दौलत् पाइ वशिष्ठजी खुशि भई जान्थे र बाटामहाँ ।
विश्वामित्र मिलेर सोधनि गरे जानू भएथ्यो कहाँ ॥
यो सत्कार कहाँ मिल्यो धन बहत् कस्ले दिएको भनी ।
यस्तो प्रश्न सुनी व्रशिष्ठमुनिले सारा बताए अनी ॥
(५०)
दाता सत्य प्रतिञ्ञ धार्मिक तिने राजा हरिश्चन्द्रले ।
ठूलो यज्ञ गरे खुशी अति भई पूजा गरे भक्तिले ॥
बुझ्नोस् तीसरि कोहिछैन अहिले दाता दयालू पनी ।
साँचो बोलनमै छ सत्य तिनको भन्नै सह्दानी सुनी ॥
(५१)
विश्वामित्र महाँ पुरानु नृषको बैरत्व हुँदा वहाँ ।
येसै कारणले गराउन भनी झूठो प्रतिज्ञा तहाँ ॥
मन्मा सोचि उठेर जल्दि घनमा आएर ती कोशिक ।
पूगी आश्रममा बसेर तिनले माया गरे निर्मित ॥
Page:Satya harihschandra katha.pdf/16
Appearance
This page has not been proofread
