(३६)
ल्याए द्राह्माण-पुत्र कीनि घरमा मंत्रीहरूल जसै ।
राजाले पनि गर्छु यज्ञ भनि सब् ठीक्ठाक्गराए तसै ॥
बाँधे ब्राह्मण - पुत्र बेदघिधिले त्यो यञ्च खम्बा महाँ ।
लागे थर्थर काम्न बालक भने अत्यन्त डर्ले तहाँ ॥
(३७)
थाल ब्राहाण-पुत्र रून भयले थीए तहाँ जो सुनी ।
लागे रून सबै दया हुन गई हा कष्ट के यो भनी ॥
बेला त्यो बलि दीनलाई जब भो ताहाँ कसैले पनी ।
अटिगर्न सकेन के गरि गरोस् त्यो ब्रह्माघाती बनी ॥
(३८)
राजा आकुलमा परे अब कसो गर्नू मईले भनी ।
दीएनन् यसमा जवाब नुपका साम्ने कसैले पनी ॥
हात् जोडेर अघी सरेर झटपट बाबू शुनः शेफको ।
लाग्यो भन्न म गर्दछ नरपते!धन्धा न होस् येसको ॥
(३९)
फेरि उत्ति मलाइ द्रव्य दिनुहोस् यो पुत्र गर्छु बध ।
यस्तौ बोलि सुनेर त्यो निढुरको यो भन्न लागे सब ॥
हे चाण्डाल! अधर्मि निष्ठर। पशू खुद् आफनै पुत्रको ।
बेचिस् लोभि भएर फेरि नपुगी वधगर्नलागीस त्यो ॥
Page:Satya harihschandra katha.pdf/13
Appearance
This page has not been proofread
