ईश्वरले विलासका सामग्री नदिए पनि बिलासका स्वाद र आनन्द
दिएको छ । ती कमलमा पातका परिकारहरूलाई अंग-प्रत्यंगको सदुपयोगले
मसला दिएको थियो, व्यायामका बाबर्चीले आनन्दको भोजन बनाएको
थियो । खाँदा अनेक ठट्टा, हास्य, कटाक्ष चले । चिउराको मर्मराहट
झर्कोलाग्दो क्रिया बन्न पाउँदैनथ्यो, बीचबीचमा हाँसोले विश्वाम पनि
दिन्थ्यो, स्वाद पनि बढाउँथ्यो । यिनीहरू नेपाली प्रहाडरूपी ओलम्पिसका
यूनानी देवताहरू थिए । पहाडभित्रबाट तर्किएर आएको पानीलाई बारीको पाटोमा धारोद्वारा सानो उज्यालो रेखामा गिराइएको थियो । त्यही
यिनीहरूको तिर्खालाई शीतल अमृतको धारा थियो ।
फेरि उनीहरू काममा लागे । हामीहरूले धेरै बेर हेरिरत्यौं, सुनिरह्यौं । आकाशमा बादल बाक्लिएर आयो, दुई-चार थोपा गिप्यो, झन् अँध्यारो भयो र घनघोर वर्षा आयो । हामीहरूले छाता लगेका
थिएनौं । पहिले त दौडेर भाग्ने विचार गर्यौं तर वर्षाले छोपिहाल्यो, रुजाइहाल्यो । दगुर्नुमा केही बचावट थिएन । हामी सुस्त-सुस्त घरतर्फ
लाग्यौं । खेतमा उनीहरू भने झन् खुशीले रोपाइँ गरिरहेका थिए । अलि
टाढाबाट हामीहरूले सुन्यौं:-
“रोपाइँको वेला, बिजुली चम्क्यो, झरीले गीत गायो,
बादलको तल खोला है उम्य््रो, दिल मेरो नचायो । आजको राम्रो यो हिले बुट्टा चोलीमा छिपेको, आजर हाँस्यो, आज र गायो ।
भोलि ता कठै ! को रुन्छ देखी कालले टिपेको ।” हामीहरूका लुगा पति लफलफाउँदा भए, हिलैले पनि रङ्गिए ।
हामीहरूलाई पनि आजको आषाढको पन्धको उत्सव राम्रोसँग मनाएजस्तो लाग्यो । हामी पनि आज रोपाइँ गरेर सडकमा आएका थियौं । जब म
घरभित्र पसे, मलाई विचित्र आनन्द अनुभव भयो, घरमा मुसुमुसु हाँसो चलेको थियो ।मैले भनें, 'आज आषाढको पन्ध्र हो ।'
७४लक्ष्मी निबन्ध-संग्रह