मानिसलाई पनि जब उत्तेजित भावले छुन्छ, तब तिनीहरूका उच्चारणमा विचित्र रसको प्रादुर्भाव हुन्छ । मानिसका रुवाइमा सबैँ कविता हुन्छ,
त्यस्तै सच्चा उल्लासमा । हामी कविता बनाउन चाहन्छौं, निकाल्न
चाहँदैनौं । यिनीहरू बनाउँदैनन्, भित्रैबाट झिक्तछन् । हाम्रो शब्दको चातुरी छ, यिनको भावको माधुरी । जडाउरी शब्दका माला गाँस्ने कविहरू मसँग आषाढको पन्धमा आउन् ।चर्को कृत्रिम रङ्ग चढाउन
खोज्नेलाई पनि, मेरो निमन्त्रणा छ । म दही-चिउरा खुबाउन चाहन्नँ,
गीत सुनाउन चाहन्छु ।
हाम्रो तलतिर रोपाइँ पनि चलिरहेको थियो, केही खेलबहाड
पनि । साथसाधमा एउटीले अर्कीलाई अलिकति हातको हिलो छ्यापिदिइन् ।
आजको दिन हिलो छथाप्नु पनि प्रेम र आनन्दको बहाड सम्भिइन्छ ।
हिलोका छिर्का र बुट्टाहरू आजलाई ग्रामीण युवतीका वस्त्र र वदन
दुवैको सुन्दर शृङ्गार छन् । प्रेम र खुशियालीको हिलो, द्वेष र ईर्ष्याको
दाग जस्तो देखिँदैन । किसानका ठिटाहरूका निधारमा पृथ्वीले आशीर्वादको
टीका लगाइदिएजस्तो भान पर्दछ । मानिसको प्राणलाई वर्ष दिनको थमौती मिल्दछ । आलीका केही हरिया झरीहरू एउटीको केशमा
लगाइन्छन्, केही धानका हरिया बीउहरू अर्कीको कपालमा चढाइन्छन् ।
कसैले असारेका राता फूल सिउरेका छन् । कसैले एक-दुई मकैको
कलिलो चमर पनि । यहाँ जीवनको मनोहर दृश्य छ ।
जब खाजा खाने वेला भएको थियो, खेतको किनारामा प्रकृतिका
हातबाट बान्किला भएर बनेका कमलका हरिया बाटुला थलियाहरू
बिछाइए । केही चिउरा र नून, अदुवाका सितन साथमा अलिकति
आलुको तरकारी पनि राखिएको थियो । सब आएर ठाउँ-ठाउँमा शिष्टाचारका नियम र कानूनको आविष्कार हनुभन्दा अगाडिको युगमा
बसेझैं बसे । मनमस्ती चालले खाजा खान थाले । यस्तो देखिन्थ्यो मानौं
यिनीहरूले अलकापुरीका व्यञ्जनका स्वादमा दुनियाँलाई आधा घण्टासम्म बिर्सिरहेका थिए । परिश्रमले हद से हद ख्रा, रूखा खानामा पनि बिचित्र स्वाद दिँदो रहेछ, अपूर्व माधुरी भर्दो रहेछ । हामी स्वाद बाहिर
खोज्दछौँ, यिनीहरू भित्रैबाट निकाल्दछन् । हामी मसलामाथि सुगन्ध
थप्तछौं र कलेजामाथि अत्याचार गर्दछौं । यिनीहरूको खस्रो चिउराको मर्मराहटमा परिश्रमी जीवनको विचित्र आनन्द देखिन्थ्यो । गरीबलाई
आषाढको पन्त्र/७३