रेखागणितको विवेकविरुद्ध उच्चतर गणित भन्दछ, अनन्तमा समरेखाहरू
भेट गर्दछन् । मगन्ता भनेको बोक्रेपनसँगको सम्बन्धमा हृदयको दूरता
जनाउने अतिरेखित शब्द हो । तर यहाँ जीवनको मृुटुनेर पृस्याउनु भगुवाको सच्चा अवस्था हुन्छ । यसकारण कला र जीवनको सम्बन्ध छैन भन्नेसँग मेरो वैमनस्य रहन्छ तर म मान्दिनँ कि कला भनेको
जीवनको निर्देशन हो, जस्तो कोही कलाकट्टरपन्थीहरू भन्न चाहन्छन; न
त म भन्दछु कला जीवनबाट बिलकुल अलग हुन्छ । सत्यता,
सौन्दर्य, सिर्जना, हृदयस्पर्शिता र सूचनात्मकता यी
कलाका मुख्य गुणहरू हुन् । हामीले भनिसक्यौं कि कला कल्पनाको
सत्यमा निर्भर रहन्छ, व्यावहारिक या दार्शनिक सत्यसँग यसको अहार्य
सम्बन्ध रहेको हँदैन । सत्यता सत्य गुणको नाम हो, जो यथार्थबाट अलि
पर गए
पनि काल्पनिक
क्रियाहरूको सच्चाइ
राखेर भित्री
सम्बन्धहरूमा सत्यको झल्का खोज्दछ । सौन्दर्य निस्कन्छ सत्यको तीव्र चैतन्यबाट, मानौं सत्य जीवनमा तरलिदै सजीव रूपरेखामा ओर्लिरहेछ । सौन्दर्य रहन्छ अंगसंगति, लयदार मिलाप, झल्कादार दर्शन र सूक्ष्म
सम्बन्धहरूको मिहीन होशमा, यो त्यो आत्मकर्षक गुणको नाम हो,
जसले सत्यतरफ मानवचेतनालाई बलैसँग पक्रेर लैजान्छ । सिर्जना त्यस मौलिक गुणलाई भनिन्छ जसमा नव-नव रूपहरूको उत्पादन र आभास पाइन्छ र अनाविष्कृतको खोजी र पत्ता लगाइएको आस्वादन
मिल्दछ । हृदयस्पर्शिता स्पष्टै छ, आनन्ददायित्वको गुण हो जो केन्द्रमा
प्रभाव गर्दछ । 'सूचनात्मकता' म त्यसलाई भन्दछु जसले धोरैमा सानो
संसार झल्काइदिन्छ र लबजलाई साधारण अर्थबाट उचालेर सम्बन्धात्मक जादू भर्दछ, कल्पना र स्मृतिबाट तत्सम्बन्धी विषयहरूको झङ्कार
निकाल्दछ । यी पाँच गुणविना कुनै चीजलाई कलात्मक सिर्जना भन्न सकिँदैन र जहाँ यी सबै ठीक तबरसँग देखिन्छन्, त्यस रचनालाई अत्युत्तम ठहस्याउनुपर्दछ । हामी जान्दछौं कि सुन्दर-असुन्दरका बीचमा
स्वर्ग र नरकका वीचमा हुने सबै कुरा छन् र संसारमा दुई चीजको विरोध हरहमेशा जीवनलाई अकमक्क पार्दै यसका समस्याहरू बनाइरहेछ ।
यी दुईको भेद जान्नु ज्ञानको दुङ्गो हो र हामी हरहमेशा त्यो भेद बुभ्ने अवस्थामा हुँदैनौं । कोही-कोही क्षण (जब दिव्य अवभास र अनुग्रह पाइन्छ) हामीहरू नबुझिने कुरासँग कुरा गर्दछौं, र सत्य कहाँ-कहाँबाट कला र जीवत
“८१