This page has not been proofread
मन लाग्दो हो। म यो मट्टीधूसर जीवनसँग तिनीहरूलाई हरहमेशा दाँजिरहेको हुँदो हुँ । नेपाली माटोमा किरण त्यहाँ झन्यो, बीउ त्यहाँ रोपियो र सुगन्ध त्यहाँ फुल्यो, जहाँ तिनीहरू जीवनको गुलाबी लाली पोख्तछन्; तिनका बास्नाहरू हावाले दूरतासम्म पुन्याएर अरूहरूलाई फुल्नको प्रेरणा गर्दछन् । छिः ! मलाई बराबर लाग्दछ, यो के जीवन ? माटो मुसारेझैँ,
आँखा बन्द गरेर मुख उघारेझैं सिंगानेले प्यालधूसरता ! यहाँ के छ? मेरो आत्मा त्यहाँ खोज्छ केही खँदिलो कुरा, जहाँ तिनीहरू बसेका छन् । म अविदितको यात्रामा जान चाहन्छु । स्वर्गको फिलिङ्गो चोर्न
चाहन्छु ! महको माखा हुन चाहन्नँ ।
६०/लक्ष्मी निबन्ध-संग्रह