अमृत चाख्यो ! अनि हेर, दुई सय कडोरका आँखा आश्चर्यमा टुल्टुलाएँ ।
क मान्छेभन्दा कति माथि एक निमेषको पखेटामा उड्दछ ।
हामी क्रणमा डुबिरहेछौं । दूधको भारा तिर्ने हिचकिचाउनु कातरता हो ! के तिमीलाई विश्वास छैन कि तिमी माटो होइनौ ः के अनन्त साठी वर्षको रालसिंगानभन्दा पर छैन ? उताको अनन्तता यताको बोक्रे
'झोक्राइमा खेर फाल्नु ! डुब नानी ! गहिराइले अतासिने मोतीहरूबाट
बञ्चित छन् । तर हाय ! एक अनन्तको भझिलिमिलीले मलाई यतातिर
तान्दछ ! म उठ्नु एक विशाल मायाजालबाट
पाउनु छ ! कातर
आत्मा मान्दैन ! भोलिको पर्सिको होश नहुनु पु पार्थिवता हो । टाढाको नहुनु नै मेरो अन्धता हो । म खुम्चिन्छु । कम रोकावटको पथमा हार खाएर भागिरहन्छु ॥ नजीकका
क्षणहरू लोलाइरहन्छन्
र क्षणलाई
अनन्तको सर्वस्व सुम्पँदै त्रास र विकम्मापन साटेर दीनताको प्रदर्शनी देखाउँछु ! म किन झल्किनँ ? के वीरलाई परमेश्वरले सुनौला मौका
पठाइदिएका हुन्छन् ? होइन, आत्माले मौका त्यहाँ पाउँछ जहाँ यसको भावना सँगि्लिएर अनन्तको प्रतिबिम्ब धारण गर्छ । परमेश्वरले नदिएको होइन ! मेरो स्वार्थले सबै क्षणहरू फुस्रो, धुम्रो बनाएको र तिनका
टुनामा ध्वाँसो हालेको हो । के अस्ति भैँचालो गएन !के एउटा केटाकेटी एक घरको भग्नावशेष पनि रोइरहेको थिएन ? मैले ती सुन्दर क्षणका आवाजहरू पर पन्साउँदै लोलुपताको वधिरता ग्रहण गर्ने राह लिएको
थिएँ । के त्यो दिन आत्मा मसँग पुकार गरिरहेको थिएन ? त्यो पेटको
भोको र आशाले बञ्चित ! मसँग घन थियो । ममा आत्मबल थिएन ।
ज्यान दिनुभन्दा सर्वस्व दिन् ठूलो कुरो हो र मलाई घीनलाग्दो लोलुपताले
अघि सर्न दिएन ! अस्ति मात्र मैले फोस्रो इज्जतका निम्ति झूटो बोलें !
ममा वीरको ताज लगाउने जोश थिएन । म सत्यका निम्ति कति कम
दान गर्न सक्तछु-सत्तरी रुपियाँको जागीर जाला भन्नेमा सत्तरी हजार
नसा काँप्तछन् ! समाजको अन्धता खप्नुभन्दा सत्यको घाँटी रेट्न मलाई सजिलो लाग्छ र म मेरो आत्मासँग झूटो बोल्छु र दुनियाँसँग सच्चाइको सच्चरित्रताको दावा राख्तछु । अनि मेरो मुटु किन नकाँपोस् ? मलाई रुनै मन लाग्छ, कहाँ-कहाँबाट आँसु भुलभुलाएर आउँदछन्, जब म आफ्ना स्वदेशका वीरहरूको नाम सम्झन्छु । मलाई त्यस्तै हुन बीरहरू/४९