Jump to content

Page:Laxmi nibandhasangraha.pdf/47

From Nepali Proofreaders
Revision as of 22:12, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "(क-ख)? ले जीवनलाई व्याप्त गर्न सक्तैन, तर म डाक्टरहरूलाई तारीफ गर्दछु । हाय ! कत्रो अन्धो कोशिश ? मलाई बुभ्न खोज्ने र अन्धा सहानुभूतिका सच्चाइ देखाउने लटमुखाहरूमध्ये पहिला मैले डाक्ट...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(क-ख)? ले जीवनलाई व्याप्त गर्न सक्तैन, तर म डाक्टरहरूलाई तारीफ गर्दछु । हाय ! कत्रो अन्धो कोशिश ? मलाई बुभ्न खोज्ने र अन्धा सहानुभूतिका सच्चाइ देखाउने लटमुखाहरूमध्ये पहिला मैले डाक्टरहरूलाई

नै देखेँ । उनीहरू वैज्ञानिक पण्डित हुन्‌ खँदिलोसिवाय अरू चीजलाई

दुनियाँ भन्दैनन्‌ । औषधिको प्रतिक्रिया नदेखी ठम्याउने उनलाई के काम,? मानौं अन्धाले जीवनको जरा छामिरहेछ ! र मलाई यन्त्र देखेर

यान्त्रिक अध्ययन गर्दछन्‌ । उनका ज्ञानले नै प्रपज्चलाई प्रशंसा गरिरहेछ ? उनीहरूले जान्ने हुँ भनेर नाक फर्काउनु मेरो बोक्राको अलौकिक कदर छ । उनीहरूले फियोको कुरुक्षेत्र बुझे; मिहीन सृक्ष्मताहरू मिर्गौलामा देखे, र दर्शनको मिर्मिरे झलक गिदी -गिर्खामा केन्द्रित भएका पाए । ईश्वर छ भन्नेहरू खप्पररूपी ढकनीउपर बहस गर्दछन्‌ । प्रकृतिका

उपासकहरूलाई पनि ईश्वर-विभूतिको चेत स्नायुजालको चात्रीमा कहिले जिभ्रो काडेर निकाल्दो हो । कति माधुरी ? कति चातुरी ! उनीहरू विकास देब्तछन्‌ त्यहाँ, जहाँ शून्यको राज्य मान्ने प्रवृत्ति डाक्टरहरूमा प्राकृतिक छ । मैले आँखाका खोपिल्टामा सरक्षिणी जादू देखाइदिएघे, तर उनीहरूले प्रकृतिलाई शिरपाउ चढाए । कानको जालीमा मैले टेलिफोनको

पूर्वप्रतीक्षा गरिसकेको थिएँ । उनी अझ प्राथमिक तत्त्व बुभ्दैछन्‌ । दुई

आँखाका चमत्कार दुनियाँ उल्टो-सुल्टो पाएर उनका ज्योतिकेन्द्रमा

झल्काइरहेछु । उनीहरूलाई थाहा छ मेरा रुधिरगानहरूको महत्त्व र

संगीतकलाको प्रशंसा मैले धेरै डाक्टरको मुखबाट सुनेजस्तो लाग्छ । 'मगजरञ्जन'-को

अणुहरूमा

तत्त्वमा सबै

ग्रामोफोन

बनिसकेका

थिए ।

मेरा

डाक्टरहरू विश्बको अनुहार देख्ने थिए, तर विज्ञानले

सृक्ष्मवीक्षणयन्त्रलाई हदमा पुन्याएको छैन । अनि पाचन, स्पन्दन, सञ्चालन इत्यादि एक-एक विश्वकोष छन्‌ । मेरा थूकमा अभिप्राय छन्‌, सिंगानमा

सौन्दयं । दाँतको बनोटमा विकासका क्रमहरू । गम्भीर मगजवाला

फीसलोलुपता कम भएका डाक्टरहरूले बुभ्दछन्‌ म के लेखिरहेछु । पिनउपर यो बिचार गर्नु कि यो सब कलपुर्जे सृक्ष्मप्रबन्धी नसाको लहरादार विशालभाषी चमत्कारका मिहीन क्रियाहरू अचेत र सचेतका राज्य र दोसाँधमा अनन्तताको मधुर चैतन्य उत्पादन गर्दछन्‌, जसको

नाम मानव-जीवन हो- त्यो जीवन जो आत्मविस्तारका क्रियाहरूमा मानवजातिको फैलावटर प्राकृतिक संरक्षणहरू गर्दै पनि छ र व्यक्तिको ३८ लक्ष्मी निबन्ध-संग्रह