Jump to content

Page:Champa.pdf/35

From Nepali Proofreaders
Revision as of 22:43, 8 March 2025 by Rbn (talk | contribs)
This page has not been proofread

"अँ, मार्दैनन् अर्कालाई ?"

"कसले मार्ने ?"

"कुन्नि त ? …… खुर्सानीको हातले गाला मुसारिछु भन्छु …. माथि । जेठानी देवरानीहरूको आँखा त्यस्तो सियोजस्तो छ !"

चम्पा गएर ऐनामा गालाको परीक्षा गर्न लागिन् के लाग्या छ र ?

"के ?" "के ?" "अहो ! छुँदैमा हातको छाप लाग्छ त ?"

"क्या हो ?" "क्या हो !"

"छिः" उनले भनिन् "कसरी माथि जाने ! थाहा पाउँदैनन् ……. " ‘के आम्मै … के छ र ? तिम्रो गालामा भन्या ? अचम्म !’

‘भो बा ! म त फेरि हजुरकहाँ फर्केर नआउने बा ! डर लाग्यो ।’

चम्पा निस्किन् …….

त्यस दिन माथि घरमा जेठानीका आँखा हाँसोले क्रूर देखिन्थे । सासू बुढीले बताइसकेकी थिइन् ।

‘तरुणाहरूको आर्कै रँग । आर्कै रोशन !" चुनुले खिसी गरिन् !

"म भा भै त- तिमी मोरीलाई काँचै मासु खाइदिने ।" बुलु बोलिन् ।

‘यसो कोठामा बराबर जाने गर्नु …… पाउ दाब्नु ! …. कस्ती लाटी ?’

चम्पालाई असह्य भयो । उनी आँखा तरेर भान्सा कोठाबाट तल ओर्लिन् । घर भन्ने कस्तो बिकेबा जेल हुन्छ । अर्काको मानो खानु । त्यो पनि काम गरिन् भनेर सासू जेठानी बाहुनीको षड्यन्त्रले गर्दा बराबर पेटपुग्दो भाग पनि नरहने- बराबर । आफूलाई भनेर दिएको कोठा । त्यही एउटा कोठामा पनि पस्न नहुने ! बचनको केरी खानु उस्तै । खिसीटेप्ली, खिसीटेप्ली उस्तै । कैदीहरू सडक पेल्छन् । बुहारीहरू मस्यौँटा । ढिक्कीमा समेत जा रे । मुसलले हात खाइदियो भने ? डुँडो भयो भने ? अनि मुछिन्छ ढुटोमा सेताम्य भएर केही ? वसुन्धरीले पाउडर ला’जस्तो एउटा रमाइलो गरूँ भने छैन । के जीवन होला नेपालीहरूको ? दालभात, गुदगुद, कुचो, मस्यौटो, ढिक्की, जाँतो । केवल भान्साको क्षेत्रमा । कसौँडी ताप्के सिवाय साथीको नाममा बन्द ।