Jump to content

Page:Champa.pdf/24

From Nepali Proofreaders
Revision as of 00:13, 7 March 2025 by Rbn (talk | contribs)
This page has not been proofread

रामकान्त पोशाक उतारेर भान्सा घरतर्फ रवाना भएका थिए, दुलहीले आफ्नो दुलाहाको शारीरिक सौन्दर्यको भेद पत्ता लगाइन् । "छाती" उनले विचार गरिन्, "डमरुको छाला जस्तो सुक्यारहेछ । परेवा छाती रे त्यस्तो बाङ्गेकाे हाड उठेको ……… हाम्रो बुबाले भन्नुहुन्थ्यो । आङभरि छिः के विधि डंडीफोर होला । ……….. सब पाक्या छ … कस्तो फोहोरी मान्छे होला छिः । ……. गालामा के त्यति लामो खुकुरीले काट्या जस्तो अथवा भालूले चिथोर्‍या जस्तो ? ….. च्यान्ट घोडा भनेर जस्तो गिज्याएको हो ? … नामै च्यान्टी भइसक्यो आर्का ! कति सानो मान्छे होला ? चिमिरे ! भँगेर ……. काखी गन्हाएर वाक्क आइरहेछ अझ ।" दुलहीले गरेकी थिइन् त्यस बिहान । दुलहादुलहीलाई एकै ओछ्यानमा त्यस रात सुताइदिएका नन्द, आमाजूले । रातभरि दुलहीलाई निद्रा लागेन । शरीरको गन्ध कुनै मान्छेको, वाफै, तातै नै कस्तो कस्तो पेट उमठ्ला जस्तो ……… दुलहीलाई घनघोर घीन लाग्यो ।

जज्ञ, मंत्र, पवित्र बन्धन, लगनगाँठो वैदिक भए पनि हृदय वैदिक हुनुपर्छ भन्ने ब्राह्माण, गुरुज्यू, पुरोहितको भूल थियो । सफेद भूत !

चम्पा चाहन्थिन् केही आर्कै, पर्न गयो केही आर्कै । स्वीकारले कसैको व्यक्तित्व बन्दछ, कसैको बाँगिन्छ । चम्पाको सपना चकनाचूर भयो । कहाँ सिनेमा स्टार हुने भावना, कहाँ यो भङेरदेव ! बालकै भएपनि राम्रा मीठा सपना बराबर उनलाई आउँथे । उनले आफ्नो जेलजीवनको पहिलो अनुहार देखिन् । उनलाई घृणा लाग्यो पहिलोबार पाउको पानी पिउँदा, दोस्रोपालि वान्त भयो । तब दुलहान फर्काउनु ……… सोह्र दिनको भेटघाट ……… सासू अहिलेसम्म बेशै थिइन् । भोलि पर्सि ह्वाङग्राङ्गी खाइदिने पो हो कि ? ……… ज्येठानी कत्री ढोइ ! के बिघ्न धम्मरधूस……. शुद्ध कँठेनी …… कस्ती मापाकी । कस्ती वालँघी ! ए ! तर माहिली ज्येठानी कस्ती सुकुटी फेरि ! बिहा गरेको पन्ध्र दिन भा छैन माइतमा कुरा गरिसकेकी …… ए ! आँखा डेढो रहेछ रे आकाश पाताल देउरानी रे …….. मासुमा नून हाल्या चर्को कलबिख रे ….. ज्येठानीलाई तपाई भनिन् रे …. कस्तो ठाडो बोली रे ……. हजूर भन्न जान्या रहेनछ रे ….. घर त